Shikhar Insurance

परिसंघ र इण्डियन चेम्बरबीच लगानी तथा व्यवसाय प्रवर्द्धन गर्ने समझदारी

सिंहदरबार संवाददाता
२०७९ चैत्र १६, बिहीबार ०७:३४
NIMB
Nabil Bank

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ र इन्डियन चेम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौँमा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल र इन्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले समझदारीपत्रमा हस्ताक्षर गरे । दुई संस्थाबीच लगानी तथा व्यवसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीको आदानप्रदानलगायतमा सहकार्य हुने बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा अध्यक्ष अग्रवालले भारतको सबैभन्दा पुरानो संस्था इन्डियन चेम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यावसायिक सम्बन्ध थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले परिसङ्घले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धनलगायत दुई देशका उत्पादन तथा सेवाको प्रवर्द्धनमा दुई संस्थाबीच सहकार्य हुने बताए ।

इन्डियन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रमा नयाँ सम्भावना खोज्न महत्त्वपूर्ण हुने बताए । परिसङ्घका उपाध्यक्ष निर्वाण चौधरीले परिसङ्घ र इन्डियन चेम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीका समस्या, चुनौतीको पहिचान एवं समाधानका लागि दुवै संस्थाले लविइङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्