Shikhar Insurance

फेरी बढ्यो इन्धनको मूल्यः डिजेल पेट्रोलमा २/२, हवाई इन्धन ५ रुपैयाँ

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १७, सोमबार २०:५०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल र पेट्रोलको मूल्य प्रति लिटर २।२ रुपैयाँ वृद्धि गरेको हो । अब डिजेल प्रति लिटर ९७ रुपैयाँ र पेट्रोल प्रति लिटर ११६ रुपैयाँ पुगेको छ ।

हवाई इन्धनको मूल्य पनि बढेको छ । आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँ बढेको छ भने अन्तराष्ट्रिय उडान तर्फ प्रति किलोलिटरमा २५ डलर वृद्धि गरेको छ । अब आन्तरिक उडानको इन्धनको मूल्य प्रतिलिटर७२ रुपैयाँ भएको छ भने अन्तराष्ट्रिय उडान तर्फ प्रति किलोलिटर ८९३ डलर पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

वृद्धि गरिएको इन्धनको नयाँ मूल्य सोमबार राति १२ बजेबाट लागु हुनेछ । इण्डियन आयल कर्पाेरेशनले नयाँ मूल्य सूचि पठाएपछि निगमले नेपालमा पनि मूल्य वृद्धि गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्