Shikhar Insurance

भारत र चीनसँगको सम्बन्धमा थप सुधार हुँदैछः मन्त्री ज्ञवाली

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १७, सोमबार २१:०७
NIMB
Nabil Bank

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल द्विपक्षीयस्तरमा आफ्ना छिमेकी र विश्वका अन्य सबै देशसँग मैत्री सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधनका क्रममा उनले नेपालको संविधानले राष्ट्रिय हितका मूल आधारभूत परिभाषाका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असम्लग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिका मापदण्डमा निहित सिद्धान्तहरूको पालनाका साथ स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्न मार्गदर्शन गरेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्लो चरणमा दुवै छिमेकी भारत र चीनसँगको सम्बन्ध थप सौहार्द बनेको धारणा व्यक्त गर्दै उनले नेपालले आफ्नो भूमिमा छिमेकीविरूद्ध कुनै गतिविधि नगर्न प्रतिबद्धता पूरा गरेको बताए । भारतसँगको उच्चस्तरीय आर्थिक साझेदारीले नेपालले महत्वपूर्ण परियोजनामा राम्रो प्रगति हासिल गरेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले चीनसँग पनि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहेको र नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।

नेपालले छिमेकीबाहेक विकास साझेदारका साथै नेपाली आप्रवासी कामदारको गन्तव्य देशसँग घनिष्ट र सहकारी सम्बन्ध कायम राखेको उनको भनाइ थियो । विकास साझेदार र ठूला शक्तिहरुसँग पनि नेपालको सम्बन्ध सदैव सौहार्दपूर्ण र सहयोगी नै रहेको मन्त्री ज्ञवालीले बताए ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्