Shikhar Insurance

दुई डेपुटी बिदा भए, को-को बन्लान् उत्तराधिकारी ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १८, मंगलवार १२:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठले अवकास पाएका छन् । आफ्नो पाँच वर्षे कार्यकाल पुरा गरि डेपुटीद्धय मंगलबारदेखि राष्ट्र बैंकबाट बाहिरिएका हुन् । दुई डेपुटीले अवकास पाएसँगै नयाँ डेपुटी गभर्नर को को बन्लान् ? भन्ने चासो चुलिएको छ । बिहिबारको मन्त्रिपरिषद बैठकले नयाँ डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको अर्थ मन्त्रालय उच्च श्रोतले बतायो ।

अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारको नियुक्त लिएर काजमा सिंहदरबार छिरेका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठलाई पक्का डेपुटी गभर्नरका रुपमा स्वीकार गर्नेहरु धेरै छन् । बाँकी एक डेपुटीका लागि राष्ट्र बैंकका १७ जना कार्यकारी निर्देशकहरुले जोडबल गरेकै छन् ।
त्यसमा पनि देव कुमार ढकाल, निलम ढुंगाना तिम्सिना, डा. गुणाकर भट्ट, बम बहादुर मिश्र, भुवन कँडेल, मुकुन्द कुमार क्षेत्री लगायतले बढी नै लबिङ गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

काँग्रेस सभापति शेर बहादुर देउवालाई मनाउनुपर्ने अवस्थामा काँग्रेस निकट कार्यकारीहरुमध्येबाट डेपुटी बन्न अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा डा. भट् र मिश्रको अधिक सम्भावना रहेको बताइन्छ । प्रधानमन्त्री ओलीले दुबै आफ्नै मान्छे नियुक्त गर्न चाहेमा देव कुमार ढकाल, निलम ढुंगाना, सुमन कुमार अधिकारीमध्ये एक जना रोज्न सक्ने बताइन्छ ।

सरकारले केहि दिनभित्रै डेपुटी गभर्नर नियुक्ती गर्ने तयारी अघि बढाएको छ । सरकार कति दिन टिक्छ भन्ने एकिन नभैरहेको अवस्थामा प्रधानमन्त्री ओलीले जाँदा जाँदै आफु निकट दुई जनालाई डेपुटी बनाउने आँकलन गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्