Shikhar Insurance

सरकारले गठन गर्यो वार्ता टोली, विप्लव समूह पनि टोली गठनको तयारीमा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १८, मंगलवार १३:५३
NIMB
Nabil Bank

 

काठमाडौं । नेपाल सरकारले प्रतिबन्धित ने.क.पा नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि टोली गठन गरेको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित दुई सदस्यीय टोलीवार्ता टोली गठन गरेको हो ।
तेस्तै सरकारले वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको स्रोतले सिंहदरबारलाई बताएको छ ।
संभवत विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली बन्न सक्ने सम्भावना रहेको छ । तर अहिले सम्म विप्लव समूहले आधिकारीक रुपमा भने कुनैपनि जानकारी दिएको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्