Shikhar Insurance

नेकपाको एकता सम्भव छैन : महेश बस्नेत

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १८, मंगलवार १८:५९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा ओली समुहका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । रिपोर्टर्स क्लबमा मंगलबार आयोजीत कार्यक्रममा उनले तत्कालै नेकपा एकताको सम्भावना नरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्था पनि आउने बस्नेतको भनाई छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने भएपछि प्रधानमन्त्रीसामू कसरी नैतिकताको प्रश्न आउने भन्दै उनले उल्टै प्रश्नसमेत तेर्साए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेटको महुशस गरेर नै यो कुरा बोलेको दाबी गरे । उनले भने,‘उहाँले सूचना पाएर नै सुरक्षा थ्रेटको कुरा बोल्नुभएको हो ।’ उनले विगतमा पनि नेपालमा राष्ट्रियता, विकास र समृद्धिको अभियानमा लाग्नेहरुमाथि यस्तो भएको भन्दै भीमसेन थापा, मदन भण्डारी, वीरेन्द्र शाहको वंशनाशको प्रंसग उल्लेख गरे । त्यस्तै, उनले सुशिल कोइरालाको मृत्युपनि प्रश्नको विषय भएको सुनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्