Shikhar Insurance

मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोडको आईपीओ निष्काशन गर्ने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १८, मंगलवार १९:४७
NIMB
Nabil Bank

काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख मूल्यको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सो मूल्य बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

मोलुङ्ग हाइड्रोपावर कम्पनी (आयोजना स्थल ओखलढुङ्गा)को सर्वसाधारणका लागि निष्काशन गरिने एक सय रुपैयाँ दरको आईपीओ ३५ लाख ३१ हजार (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाईएको ८,०२,५०० कित्ता शेयर समेत) कित्ता निष्काशन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् ।

मोलुङ्ग हाइड्रोपावरको ७ मेगावाट क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत १२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । २०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११औँ बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी बृद्धि गरी एक अर्ब र जारी पूँजी बृद्धि गरी ८० करोड पच्चीस लाख रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पूँजीमा ५६ प्रतिशत अर्थात ४४,९४,००० कित्ता संस्थापक शेयर र ४४ प्रतिशत अर्थात ३५,३१,००० कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पूँजी कायम गर्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्