Shikhar Insurance

‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १८, मंगलवार १९:५४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । वि.सं. २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने अनुमति पाएको हो ।

नेपालमा नगदरहित समाज निर्माणका लागि डिजी पेलेले पेमेन्ट सर्भिस गेटवेका रूपमा मात्र काम नगरी यसले मुलुकभित्र वित्तीय साक्षरता अभिवृद्धिका लागि समेत पहल गर्ने डिजी पेका प्रमुख कार्यकारी अधिकृत दिवकर पाण्डेले दाबी गरे । नेपाल राष्ट्र बैंकबाट औपचारिक अनुमति प्राप्त गर्नुभन्दा अघि नै डिजी पे लोकप्रिय भइसकेको उनी बताउँछन् । उनका अनुसार हालसम्म गुगल प्लेस्टोरबाट ५० हजार र आईओएस प्लेटफर्मबाट १० हजारभन्दा अधिक डिजी पे डाउनलोड भइसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

डिजी पेका माध्यमबाट वस्तु किनमेल (इकमर्स), फोन सेवा रिचार्ज, विद्युत्, खानेपानी, इन्टरनेट आदिको भुक्तानी मात्र होइन, आफ्नै नजिकको स्थानमा आधारित कार्यक्रमको आयोजना, त्यस्ता कार्यक्रममा संलग्नता र सहभागिता, डिजिटल भोटिङसहितका कार्य गर्न सकिन्छ । पाण्डेका अनुसार नेपालमा डिजिटल भोटिङ सेवा सुरु गर्ने डिजी पे पहिलो वालेट हो ।

नेपाल राष्ट्र बैंकबाट औपचारिक रुपमा भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त गरेपछि अब डिजी पेले खाद्य तथा वस्तु किनमेल र त्यसको आपूर्ति, सिनेमा र हवाई टिकट, राइड सेयरिङलगायतका विशेषता थप्ने उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्