Shikhar Insurance

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध विद्यार्थीको मसाल जुलुस

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १८, मंगलवार २०:४७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोधमा विद्यार्थीहरुले राजधानीमा मसाल जुलुस निकालेका छन् । नेकपा माधव प्रचण्ड समुहका विद्यार्थीहरुले भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट मसाल जुलुस निकालेका हुन् । उनीहरुले इन्धनको मूल्य पटक पटक वृद्धि गरेर सरकारले सांसद खरिद बिक्रिका लागि श्रोतको जोहो गरेको आरोप लगाएका थिए ।

लगातार इन्धनको मूल्य वृद्धि गरेर केपी ओली सरकारले आफ्नो नालायकीपन प्रमाणित गरेको अनेरास्ववियु आरआरका नेता बिशाल रिजालले बताए ।नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागु हुने गरि डिजेल र पेट्रोलमा २।२ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । त्यस्तै, हवाई इन्धन आन्तरिकमा पनि प्रति लिटर पाँच रुपैयाँ मूल्य बढाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्