Shikhar Insurance

एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी, गठन भयो अध्ययन समिति

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १८, मंगलवार २२:१७
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने प्रयोजनका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । समितिले फागुन १५ गते अध्ययन समिति गठन गरेको हो ।

हाल नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमाको सेवा दिईरहेको छ । नयाँ कम्पनी ल्याएर नेपाल पुनर्बीमा कम्पनीलाई थप प्रतिष्पर्धी बनाउनुपर्ने धारणा बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले व्यक्त गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिका विज्ञ सल्लाहकार भोजराज शर्मा नेतृत्वको समितिमा बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे सदस्य छन् । उनलाई बीमक संघको प्रतिनिधीमा रुपमा सदस्य बनाइएको हो । त्यस्तै, विज्ञ सदस्यका रुपमा चार्टर्ड एकाउन्टेन्ट सुजन कुमार आचार्य सदस्य छन् । समितिलाई १५ दिनभित्र नेपालको पुनर्बीमा क्षेत्रको वर्तमान अवस्था, नयाँ कम्पनीका लागि बजारको सम्भावना, विदेशबाट प्राप्त हुन सक्ने पुनर्बीमा व्यवसाय लगायतका बारेमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

“पुनर्बीमा बजारबारे अध्ययन गर्न समिति गठन भएको छ, समितिले १५ दिन भित्र आफ्नो प्रतिवेदन बुझाउनेछ,” बीमा समिति श्रोतले भन्यो ।
श्रोतका अनुसार अर्थमन्त्री बिष्णु पौडेलले चाँडै नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने गरि प्रक्रिया अघि बढाउन समिति नेतृत्वलाई सन्देश पठाएका छन् ।

समितिले अध्ययन प्रतिवेदनका आधारमा नयाँ पुनर्बीमा कम्पनीका लागि खुला आह्वान गर्ने प्रारम्भिक सोच बनाएको छ । “एउटा कम्पनीलाई लाइसेन्स दिने मनस्थितिमा अर्थ मन्त्रीज्यू पुग्नु भएको जस्तो देखिन्छ, तर अहिले चार वटा कम्पनीले लाइसेन्स चाहेका छन्,” समिति श्रोतले सिंहदरबारसँग भन्यो ।

श्रोतका अनुसार समितिले सार्वजनिक आह्वान गर्ने र आवेदन दिएका कम्पनीलाई एउटै कम्पनी बनेर आउन पुनः आह्वान गर्ने सोच बनेको छ ।  कम्पनीलाई देशभित्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुले २० प्रतिशत पुनर्बीमा गराउनै पर्ने व्यवस्था छ ।

हाल अन्नपुर्ण रि, काठमाडौं रि, प्रुडेन्सियल रि र जेन्युइन रिले लाइसेन्सका लागि तयारी गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्