Shikhar Insurance

विद्युतीय भुक्तानीको सिमा बढ्यो, अब मोबाइलबाटै दैनिक २ लाख खर्च गर्न सकिने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १९, बुधबार २०:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै विद्युतीय माध्यमबाट हुने भुक्तानीको सिमा शतप्रतिशतले बण्ढाएको हो ।

अब मोबाइल बैंकिङ मार्फत दैनिक २ लाख रुपैयाँसम्म खर्च गर्न सकिन्छ । यस अघि मोबाइल बैंकिङमा दैनिक एक लाख रुपैयाँ मात्रै खर्च गर्न पाउने व्यवस्था थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरि इन्टरनेट बैंकिङको सिमा पनि दैनिक २० लाख पुगेको छ । मर्चेन्टहरुले पनि दैनिक २० लाख कै कारोबार गर्न पाउनेछन ।

GBIME

प्रतिक्रिया दिनुहोस्