Shikhar Insurance

अरुण तेस्रो हेर्न पाँच सचिव पुगे फिल्डमै, कहिले बन्छ ९०० मेगावाटको आयोजना

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १९, बुधबार २१:२२
NIMB
Nabil Bank

सङखुवासभा । नेपाल सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

सेनाको हेलिकप्टरबाट बुधबार बाँध निर्माणस्थल फ्क्सिन्दा र पावर हाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर उहाँहरुले अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन् । गृहसचिव महेश्वर न्यौपाने, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थसचिव शिशिरकुमार ढुङ्गाना, रक्षा सचिव रेश्मीराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको टोलीले अरुण तेस्रोको स्थलगत अवलोकन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरुले भारतीय निर्माण कम्पनी सतलज जलविद्युत् निगमले पछिल्लोपटक निर्माणको जिम्मा पाएको तल्लो अरुणको पनि अवलोकन गरे । अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका सिइओ अरुण धिमानले विद्युत गृहस्थल पुखुवामा निर्माण भइरहेको सुरुङमार्ग र पावरहाउसका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनका बारेमा जानकारी गराए । उनले तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने पनि बताए ।

गृहसचिव न्यौपानेले आयोजना निर्माणमा कसैले अवरोध गर्नु नहुने बताए । अरुण तेस्रोका लागि सेना, प्रहरी र सशस्त्रले सुरक्षा दिइसकेको पनि जानकारी दिए । “स्थानीयस्तरमा देखिएको समस्यालाई लगानी बोर्डमार्फत समाधान गर्नेछौं”, उनले भने, “स्थानीयको माग गाउँपालिकामार्फत लगानीबोर्डमा आए छिट्टै समाधान हुन्छ ।”

चिचिला गाउँपालिकाको छ्याङकुटीदेखि दिदिङस्थित पावरहाउससम्म जाने सडक एसजेभीएन कम्पनीले निर्माण गरिसकिएको छ । छ्याङकुटीदेखि चिचिला–३ पुखुवास्थित दिदिङसम्मको २८ दशमलव ६९ किलोमिटरको सडक निर्माण सम्पन्न भएको छ । परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा शिलान्यास गरेका थिए । बाँधस्थलमा जयप्रकाश एशोसियट्स निर्माण कम्पनी तथा विद्युत्–गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्