Shikhar Insurance

बीमा कम्पनीका लगानीकर्ताको विवरण खोज्दै बीमा समिति, क्रस होल्डिङ हटाउन आक्रामक

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १९, बुधबार २१:५८
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले बीमा कम्पनीका लगानीकर्ताहरुको विवरण मागेको छ । समितिले सबै बीमा कम्पनीहरुलाई पत्र लेखेर एक हप्ताभित्रै कम्पनीका लगानीकर्ताहरुको विवरण पठाउन भनेको हो । ‘समितिले एक हप्ताभित्रै लगानीकर्ताहरुको विवरण पठाउनु भनेर पत्र आएको छ, हामी विवरण तयार पारेर पठाउँदैछौं’, एक बीमा कम्पनीका सिईओले सिंहदरबारसँग भने ।

समितिले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बाणिज्य बैंक जस्ता संस्थागत लगानीकर्ताहरुसँग पनि बीमा कम्पनीहरुमा गरिएको लगानीको विवरण मागेको छ । समितिका नव नियुक्त सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुमा रहेको क्रस होल्डिङ हटाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै आएका छन् । उनले एउटै व्यक्ति तथा संस्था आधाले उस्तै प्रकृतिका आधा दर्जन भन्दा बढी संस्थामा लगानी गरेर यताको पैसा उता र उताको पैसा यता गरेको बताएका छन् । सम्पति सुद्धिकरण, राजश्व अनुसन्धान, वित्तिय सूचना केन्द्र लगायतका निकायहरुले पनि आफुसँग क्रस होल्डिङकै बारेमा धेरै जिज्ञासा राख्ने गरेको पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘एउटै व्यक्तिले एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्न पाइँदैन् । मेरो नजर पनि त्यसमै अलि बढी केन्द्रित भएको छ । वाचडग निकायहरुले पनि पत्राचार गरेर अलि बढी प्रेसर दिएको विषय पनि यहि नै हो । म विश्वस्त भएपछि उहाँहरुलाई बोलाएर केहि समय दिन्छौं । आफ्नो लगानी झिक्नुस भन्छु । नगरे कानुन बमोजिम हुन्छ ।’, बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले सिंहदरबारसँग भने ।

उनले एउटै व्यक्ति र संस्थाले दश पन्ध्र वटासम्म कम्पनीमा लगानी गरेको पनि बताए । ‘एउटै व्यक्तिले दश पन्ध्र वटासम्म बीमा कम्पनीमा लगानी गर्न पाइन्छ र रु यो त कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो । एउटै व्यक्ति तथा घरानाले बैंक पनि चलाउने, इन्स्योरेन्स पनि चलाउने रु यताको पैसा उता लैजाने रु यो त इकोनोमीमा म्यानुपुलेशन भयो ।’, अध्यक्ष सिलवालले भने । उनले सके आफ्नै बलबुँताले क्रस होल्डिङ रोक्ने नसके माथिसम्मै पुगेर लबिङ गर्ने पनि स्पष्ट पारे ।

केहि कम्पनीहरुले लगानीकर्ताहरुको विवरण पठाईसेकका छन् भने केहि दिन भित्रै पठाउने बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्