Shikhar Insurance

धोबीखोलाको दुर्गन्ध बिर्साउने दृश्य, फूलैफूलले सजियो करिडोर

सिंहदरबार संवाददाता
२०८० बैशाख ६, बुधबार १६:१५
NIMB
Nabil Bank

काठमाडौं । शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन्।

यतिबेला काठमाडौं उपत्यकाको धोबीखोला करिडोरमा लगाइएका विभिन्न फूल फुलेर ढकमक्क भएका छन्। रङ्गीविरङ्गी फूल फुलेर करिडोरको शोभा बढाउनाका साथै खोलाको सौन्दर्य पनि मनमोहक देखिन्छ। कोरिडोरमा लगाइएका बिरुवाले शोभामात्र नदिएर वातावरणलाई समेत सफा राखेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

धोबीखोला कोरिडोर केही वर्ष अघिसम्म वर्षामा हिलो र हिउँदमा धुलो तथा प्रदूषणले यात्रा गर्न कठिन थियो । हिजोआज त्यही सडकमा दिनहुँ यात्र गर्ने यात्रुहरुलाई कोरिडोरको दृश्यले मोहित बनाएको स्थानीयवासीहरु बताउँछन् । कालोपुलमा फूलसँग तस्बिर लिँदै गरेकी स्थानीय उषा बुढाथोकी बिहानको समय र साँझपख केही छिन फूलसँगै बसिरहुँजस्तो लाग्ने गरेको उल्लेख गर्छिन्।

बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई धोबीखोला कोरिडोरमा लगाइएका बिरुवाहरु संरक्षण गर्न नगरपालिकाले चारजनाको समिति बनाएर रेखदेख गर्दै आएको जानकारी दिए । उनका अनुसार कोरिडोर वरपरका बिरुवामा पानी हाल्ने, कटिङ गर्ने तथा हेरचाह गर्ने काम समितिले गर्दै आएको छ ।

त्यसैगरी रातोपुल नजिकै बस्ने सुस्मिता फुयाँलले कोरिडोरमा ढकमक्क फुलेको फूलले धोबीखोलाको रुप फेरिएको चर्चा गर्छन्।उनी भन्छन्, “कुनै समय फोहोरले भरिएको धोबीखोला परिवर्तन होला जस्तो लागेको थिएन । दुर्गन्धित त अहिले पनि उत्तिकै छ तर फूलहरु फुलेका कारण अहिले धोबीखोला रमणीय बनेको देख्न सकिन्छ ।

काठमाडौं महानगरअन्तर्गत धोबीखोला किनारका लागि महानगरको वातावरण विभागले बिरुवा संरक्षण गर्दै आएको महानगरका प्रवक्ता नवीन मानन्धर जानकारी दिए। आगामी दिनमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनामार्फत नयाँ बिरुवा रोप्ने तयारी रहेको उनको भनाइ छ ।

अहिले धोबीखोलमा फूल मात्र फूलेका छैनन् विभिन्न औषधिमूलक जडीबुटी पनि उपलब्ध छन् । बढी अक्सिजन उपलब्ध गराउने वर पीपललगायत जन्डिस भएको समयमा प्रयोग गरिने लहरे जडीबुटीसमेत कोरिडोरमा छन् ।

बूढानीलकण्ठ नगरपालिका–१३ भद्रकाली मन्दिरदेखि काठमाडौं महानगरपालिका पर्ने भत्केको पुल, रातोपुल हुँदै बानेश्वरको बुद्धनगर हुँदै बगेको धोबीखोला करिडोरअन्तर्गत करिडोर सडकमा अहिले मनै लोभ्याउने फूलहरु फुलेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्