Shikhar Insurance

दुई हप्ता नपुग्दै दोश्रो पटक बढ्यो हवाई भाडा, काठमाडौं-धनगढी यात्रा ३१० रुपैयाँ महंगीयो

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २०, बिहीबार १९:४६
NIMB
Nabil Bank

काठमाडौं । दुई हप्ता नपुग्दै हवाई भाडा दोश्रो पटक वृद्धि भएको छ । नेपाल आयल निगमले दुई साताकै अवधीमा हवाई इन्धनको मूल्य प्रति लिटर ७ रुपैयाँले वृद्धि गरेपछि नेपाल बायुसेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेको थियो ।

१२ दिनको अवधीमा हवाई भाडा अधिकतम ३१० रुपैयाँले बढेको छ । निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाउँदा काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढेको थियो । निगमले प्रतिलिटर ५ रुपैयाँका मूल्य बढाउँदा सोही रुटको उडान भाडा २२० रुपैयाँले बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

संघले यस अघि फागुन ८ गते भाडा बढाएको थियो । संघले फागुन ८ र फागुन २० गते गरि अधिकतम ३१० रुपैयाँ भाडा बढाएको हो । नयाँ भाडा दरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृति दिईसकेको बायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए ।

यस अघि २९६० रुपैयाँमा रहेको काठमाडौं–धनगढीको भाडा अब २२० रुपैयाँले बढेर ३१८० रुपैयाँ पुगेको छ । निगमले इन्धनको मूल्य फागुन ४ गते २ रुपैयाँ र फागुन १७ गते प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको थियो ।

संघले फागुन ८ गते भाडा बढाएको थियो भने फागुन २१ गतेदेखि लागु हुने गरि २० गते पुनः वृद्धि गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्