Shikhar Insurance

ज्योति लाइफको ६६ करोडको आईपीओ आजदेखि, कति भर्ने ? कति पर्ला ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार ०६:०१
NIMB
Nabil Bank

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ । यस अघि फागुन २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भनेको कम्पनीले दुई दिन अघि नै निष्काशन गरेपछि आजबाटै आवेदन खुलेको हो र फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

ज्योति लाइफले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ निष्काशन गरेको छ । कुल निष्काशनमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ज्योतिको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । औषतमा १५ लाख आवेदन परिरहेको अवस्थामा गोला प्रथाबाट ४ लाख ९४ हजार आवेदकले १०।१० कित्ता सेयर पाउनेछन् ।

चालु आवको ६ महिनामा ज्योति लाइफले एक अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । गत आवको सोही अवधीमा कम्पनीले ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । २०७६ पुसको तुलनामा २०७७ पुस मसान्त अवधीमा कम्पनीले ९३.०५ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको देखिन्छ ।

कम्पनीले उत्कृष्ठ व्यवस्थापन प्रणालीका कारण आईएसओ ९००१ः२०१५ सर्टिफिकेट प्राप्त गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्