Shikhar Insurance

एसिड पीडित मुस्कान खातुनलाई अन्तराष्ट्रिय पुरस्कार, जो वाइडन पत्नी र अमेरिकी विदेश मन्त्रीले घोषणा गर्ने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार ०९:५४
NIMB
Nabil Bank

 

काठमाडौं । एसिड पीडित मुस्कान खातुनले प्रसिद्ध अन्तराष्ट्रिय पुरस्कार पाउने भएकी छिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

खातुनलाई अमेरिकी संस्था आईडब्ल्यूओसीले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार दिने निर्णय गरेको हो । यो पुरस्कारको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडन पत्नि जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा भर्चुअल माध्यमबाट घोषणा गर्नेछन् ।

२०७६ सालमा प्रेम प्रस्ताव अस्वीकार गरेपछि खातुनमाथि एसिड आक्रामण भएको थियो । उनी उपचारपछि एसिड आक्रमणकारीलाई कडा कानुनी कारवाही गराउने अभियानमा छिन् । उनकै अभियानका फलस्वरुप सरकारले अध्यादेश नै ल्याएर एसिड आक्रमणकारीलाई छिटो र कडा कारवाहीको प्रबन्ध गरेको छ ।
अमेरिकी दुतावासले विज्ञप्ति प्रकाशित गरि खातुनलाई सो पुरस्कार दिने निर्णय भएको जानकारी दिएको हो ।
यहि पुरस्कार केहि वर्ष अघि पाकिस्तानमा मुस्लिम अतिवाद विरुद्ध लडेका छात्रा मलाला युसुफर्जाइलाई प्रधान गरिएको थियो । उनले केहि समयपछि नोबल शान्ति पुरस्कार समेत पाएकी थिइन् । उनी हाल मुस्लिम बालबालिकाहरुको शिक्षाका लागि अभियान चलाई रहेकी छिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्