Shikhar Insurance

४० प्रतिशत नगद लाभांश पास गर्न टेकिमले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार ११:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल दुर सञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले ४० प्रतिशत नगद लाभांश पास गर्न साधारण सभा बोलाएको छ । फागुन १९ गतेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले चैत १३ गते ११ बजेका लागि साधारण सभाको मिति तोकेको हो ।

सोही साधारण सभाबाट पास भएपछि कम्पनीका लगानीकर्ताले ४० प्रतिशत नगद लाभांश पाउनेछन् । सोही साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक पनि निर्वाचित गर्नेछ । कम्पनीले फागुन २८ गतेदेखि चैत १३ गतेसम्मका लागि बुक क्लोज गर्नेछ । अर्थात फागुन २८ अघिसम्म सेयर किन्ने लगानीकर्ताहरुले प्रति सेयर ४० रुपैयाँका दरले नगद लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्