Shikhar Insurance

माधव-प्रचण्ड समुहमा ११४ जना सांसद, प्रचण्ड बने दलको नेता, बन्लान त प्रधानमन्त्री ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार १६:२०
NIMB
Nabil Bank

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड संसदीय दलको नेता चयन भएका छन् । जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो । यस अघि पनि नेकपा बहुमत पक्षले प्रचण्डलाई नै दलको नेता चयन गरेको थियो । तर प्रक्रियागत विषय मिलाउन उनैलाई पुनः अध्यक्ष चयन गरिएको हो ।

बैठकमा संघीय संसदका ११४ जना सांसदहरु सहभागी रहेका थिए । यसअघि एकिकृत नेकपा संसदीय दलको नेताका रुपमा केपी ओली प्रधानमन्त्री बनेका थिए । ओलीले संसद विघटन गरेपछि माधव प्रचण्ड समुहले उनलाई दलको नेताबाट हटाएको थियो । प्रचण्डलाई दलको नेता चयन गरिएको भए पनि उनले आफु प्रधानमन्त्री भने नबन्ने बताईसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्