Shikhar Insurance

हाम्रो नियति सधैँ पुँजीवादीहरुकै चक्रमा घुम्नुपर्ने हो ?

नेत्रविक्रम चन्द 'विप्लव'
२०७७ फाल्गुन २१, शुक्रबार १८:३३
NIMB
Nabil Bank

हामी कम्युनिस्ट जतिबेला अन्याय हुन्छ, जतिबेला आफ्ना मान्यताहरु माथि हमला भएको महसुस हुन्छ । आफ्नो देशमाथि अतिक्रमण भएको वा कसैले हस्तक्षेप गरेको अनुभुति हुन्छ । उनीहरु विद्रोह गर्छन् । हामी कम्युनिस्टहरु हाम्रा मान्यतामाथि हमला हुँदा, हाम्रा आकांक्षा माथि हमला हुदाँ, हाम्रो देशमाथि धावा हुँदा, हाम्रो देशमाथि कसैले अलिकति गिद्दे दृष्टि लगाउँदा हामी विद्रोह गर्छौ । हामी विद्रोह गर्ने मान्छेहरु हौं र विद्रोह गर्दै अहिलेसम्म आएका छौँ ।

तर, कम्युनिस्टहरु विद्रोह मात्रै गर्दैनन् । जब परिस्थिति बदलिन्छ । परिस्थिति बदलिएको स्थिति भएर राज्यले आफ्नो भुमिका पुरा गरेको स्थितिमा कम्युनिस्टहरु भनेका शान्तिका दूत पनि हुन । विद्रोहका योद्धा मात्रै होइन शान्तिका दूत पनि संसारमा कोही छन् भने कम्युनिस्टहरु नै छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्पूर्ण उत्पीडनलाई मिल्काएर समाजमा दीर्घकालिन ढंगले न्यायपूर्ण समाज स्थापित गर्ने विचार, दृष्टिकोण र आकांक्षा कहीँ छ भने त्यो कम्युनिस्ट आन्दोलनसँग छ । त्यो हामीलाई विश्वास छ । त्यसैले त्यो आकांक्षासहित हामीले संघर्ष गरेका छौँ ।

र, आजको परिवेश बदलिएपछि हामीले भनेका छौँ, तीन बुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध छ । यसलाई हामी पालना गर्छौं । यसलाई हामी दृढतापूर्वक भन्छौं, यहाँ कसैले पनि कहीँबाट पनि आशंका या विभिन्न ढंगले यसलाई उत्तेजनात्मक या अर्को ढंगले कुर्तक गर्न जरुरी छैन । हामी प्रतिबद्ध छौँ । यसलाई हामी पालना गर्छौं ।

यो सहमती केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्रै कुरा होईन । यो सहमती केवल पार्टीको कुरा मात्रै होइन । र, केही नेताहरुको कुरा होईन । यो सहमतीको पछाडि हाम्रो त्यो भित्र लुकेको एउटा महान आकांक्षा छ । नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना यो भित्र छ । यो भित्र देशमा दीर्घ शान्ति, स्थिरता, र नेपाली जनताको अहिलेसम्म पुरा नभएको समृद्धिको आकांक्षा, नेपालको युवाहरु भित्र हुर्किएको एउटा समृद्ध जीवनको चाहाना यो भित्र रहेको छ ।
त्यसैले यसलाई पुरा गर्नको लागि जसरी हामीले सम्पूर्ण क्षेत्रबाट एउटा सकारात्मक सहयोग प्राप्त गर्‍यौँ हामी खुशी छौँ र हामी धन्यवाद दिन चाहान्छौँ ।’

हामी अहिलेको सरकारसँगको कुरा होइन यो हामी होल नेपालको एउटा राजनीतिक रुपान्तरणको प्रक्रियामा जे जति छलफल र बहसहरु भए त्यो मा हामी सहमत हुन सकेनौँ । भएनौँ । र हामीले आफ्नो तर्फबाट एउटा विद्रोह गर्‍यौँ । हामी अगाडि बढेकै हो । हाम्रो अहिले पनि भनाई छ, नेपालमा आज कसैले पनि सुरक्षित अनुभुति गर्ने स्थिति छैन । सबै नेताहरुलाई, सबै पार्टीहरुलाई, सबै जनतालाई आफ्नो जीवनमाथि आफै हाबी भएको, आफै नेतृत्व गरिरहेको जस्तो अनुभुति भइराखेको छैन । हरेक अहिलेको भन्नस् जहिल्यैको पनि । हरेक घटनाक्रममा एउटा ठुलो तरंग नेपाली जनताको बीचमा छ अहिले पनि छ सायद तपाईंहरु सबैले बुझिसक्नुभाछ, झुपडीमा पनि त्यो छ । महलमा पनि छ । शहरमा पनि छ । गाउँमा पनि छ ।
नयाँ प्रयोग नेपाली इतिहासमा आवश्यक बन्न गएको छ । हामीले भनेका छौँ, जनमत । छलफल हुने पनि गरेको छ जनमत सार्वभौम शक्ति सम्पन्न जनतालाई एकचोटी नयाँ फैसला गर्ने वातावरण बनाउनु जरुरी छ । के चाहान्छन् जनताले ? के तपाईंको यो दलाल पुँजीवादीहरुको चक्रमा सधैँ घुम्नुपर्ने हाम्रो नियति हो ? के नेपाली जनताले कहिल्यैपनि स्वतन्त्रतापूर्वक स्टेप चाल्न नपाउने, कहिलेकाही राज्यले सरकारले चाल्न खोज्दाखेरी पनि नहुने परिस्थिति त बन्यो नि त ।

यो त हामीले छ्याङ्गै देखेको छौँ नि । जनताले सोच्ने कुरै छैन । सोच्न पाउने ठाउँ नै छैन । कसैले पनि नेपालको बारेमा नजिकबाट अपनत्व ठानेर निर्णय गर्छु भन्दाखेरी नपाउने स्थिति जो नेपालमा बनेको छ । यो परिवेशलाई अन्त्य गर्न नेपाली जनतालाई एकचोटी त्यो अधिकार प्रयोग गर्न दिनुपर्छ, हाम्रो अहिले पनि यो दृष्टिकोण छ । नेपाली जनताले त्यो पाउनुपर्छ । नेता, दल सबैलाई हामीले चुन्यौं। आवश्यक पर्दाखेरी प्रत्यक्ष ढंगले नेपालको भविष्यको बारेमा जनमत दिने फैसला दिने अधिकार जनताले पाउनुपर्छ । हामी हृदयपूर्वक सबैलाई आग्रह गर्न चाहान्छौँ हामी तयार छौँ ।

युद्धको अन्त्य कसैले गर्छ यो विश्वमा भने कम्युनिस्टले मात्रै गर्छ । कम्युनिस्ट जुन दिन विजय हुन्छ संसारमा सम्पूर्ण हतियार र युद्धको अन्त्य हुनेछ । हाम्रो त्यो विश्वास छ ।
सहिद परिवारलाई विश्वास दिलाउँ कि हामी जे सपना देखेर यो कम्युनिस्ट आन्दोलनमा लाग्यौँ हाम्रो जीवन बलिदान गर्छौं तर सहिदको सपना मर्न दिदैँनौँ । हाम्रो एउटा त्यो प्रतिबद्धता छ । बेपत्ता योद्धाहरुको कुरा गर्नुस् । हाम्रा घाइतेहरुका कुरा गर्नुस् । या नेपालको परिवर्तनकारी आन्दोलनमा अहिलेसम्म अपांग भएर बसिराख्नुभएका हाम्रा योद्धाहरुको कुरा गर्नुस् हामी सबैलाई यतिबेला सम्झिनुपर्छ र सम्मान गर्नुपर्छ ।
हामी उनीहरुको चाहानालाई पुरा गर्ने एउटा प्रतिबद्धता गर्नुपर्छ । अहिलेपनि हाम्रा थुप्रै डेढ सय भन्दा बढी कमरेडहरु जेलमा हुनुहुन्छ । छुट्दै पनि आउनुभएको छ ।

कमरेड कञ्चन यहाँ आइपुग्नुभएको छ छुटेर । र उहाँलाई म यहाँबाट उहाँलाई स्वागत गर्नपनि चाहान्छु र हाम्रा धेरै साथीहरु अब सायद छुट्नु हुनेछ र हामी एउटा मुक्त आकाशमा फेरी मिलन हुनेछौँ । हाम्रो विश्वास छ यो वातावरण बनेको छ । यसको लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी हामी दुवैले एउटा जिम्मेवारी पुरा गरेको अनुभुति भएको छ । (नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शुक्रबार आफू सार्वजनिक हुने क्रममा राखेको अभिव्यक्ति )

GBIME

प्रतिक्रिया दिनुहोस्