Shikhar Insurance

नेपाल भित्रियो जोङसेन मोटरसाइकल, ब्रान्ड एम्बेसडरमा ‘कक्रोज’

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २२, शनिबार ११:३२
NIMB
Nabil Bank

काठमाडौं । चिनियाँ मोटरसाइकल ब्रान्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ । रिजोन मोटर प्रालिले जोङसेन ब्रान्डका मोटरसाइकल नेपाल ल्याउने घोषणा गरेको हो ।

कम्पनीले जोङसेन मोटरसाइकलको ब्रान्ड एम्बेसडरमा हास्य टेलिशृंखलाका कलाकार हरिश निरौला ‘कक्रोज’लाई नियुक्त गरेको छ । कम्पनीका अनुसार जोङसेन मोटरसाइकल असारदेखि नेपालमा बिक्री सुरु हुनेछ । हाल कम्पनीले प्रविधिक कामहरु गरिरहेको छ भने, चाँडै नै नेपालका विभिन्न सहरहरुमा शोरुमसमेत स्थापना गर्ने जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले पहिलो चरणमा दुई मोडलका मोटरसाइकल र एक मोडलको स्कुटर नेपाली बजारमा बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले दोस्रो चरणमा थप चार मोडलका स्कुटर तथा मोटरसाइकल नेपाल भित्र्याउने जनाएको छ । निकट भविष्यमा नै इलेक्ट्रिक स्कुटरसमेत नेपाल ल्याउने तयारीमा कम्पनी रहेको छ ।

कम्पनीका अनुसार जोङसेनका दुई लाखदेखि आठ लाखसम्मका मोटरसाइकल नेपाल भित्रनेछन् । जोङसेन मोटरसाइकल हाल विश्वका ८० भन्दा धेरै देशमा बिक्री भइरहेको छ । चिनियाँ टप पाँच उत्पादकमध्ये एक रहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्