Shikhar Insurance

नेपाली काँग्रेस ओलीसँगै सति नजाओसः अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २२, शनिबार १५:३७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपालले नेपाली काँग्रेसलाई केपी ओलीसँगै सति नजान आग्रह गरेका छन् । खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने,‘ओली अनौतिक हुन् । काँग्रेस ओलीसँग सति नजाओस् । काँग्रेस जस्तो पार्टी ओलीको सति जाँदैन भन्ने विश्वास छ ।’

उनले ओलीको प्रतिगामी कदम विरुद्ध संघर्ष गरेका प्रतिगमन बिरोधी दलहरु मिलेर सरकार बनाउनुपर्नेमा पनि जोड दिए ।‘काँग्रेस, जसपा र हामी मिलेर नयाँ सरकार बनाऔं । हिजो प्रतिगमन विरुद्ध संघर्ष गरेका हामी सबै मिलेर नयाँ सरकार बनाऔं’, अध्यक्ष नेपालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले काँग्रेस र देउवालाई अनिर्णयको बन्दी नबन्न सुझाव पनि दिए । ‘काँग्रेस र देउवाजी अनिर्णयको बन्दि नबन्नुस, प्रतिगमनसँग सति नजानुस् ।’, अध्यक्ष नेपालको भनाई थियो । भोलीको प्रतिनिधी सभा बैठकमा काँग्रेसले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेमा आफुहरुले मतदान गर्ने उनले स्पष्ट पारे ।

साथै, आफुहरुले अविश्वासको प्रस्ताव दर्ता गर्दा काँग्रेसले मतदान गर्नुपर्नेमा पनि उनले जोड दिए । अध्यक्ष नेपालले ओलीलाई हटाउन काँग्रेस र नेकपा मिल्नुको विकल्प नभएको पनि बताएका थिए ।

प्रतिनिधी सभा पुनस्थापनाले मुलुकलाई उज्यालो भविष्य तर्फ डोर्यउाएको धारणा पनि उनले राखे । निर्वाचन आयोगले केहि दिनमै आफुहरुलाई आधिकारीकता दिने र ओली पछारिएर सडकमा पुग्ने पनि उनको दावी थियो । ६६ प्रतिशत भन्दा बढी केन्द्रिय सदस्य आफुहरुसँग रहेको र आवश्यक परे मार्चपास गर्दै निर्वाचन आयोग पुगेर डीएनए टेष्ट गराउन पनि तयार रहेको अध्यक्ष नेपालले बताएका थिए । ।

GBIME

प्रतिक्रिया दिनुहोस्