Shikhar Insurance

चीनले १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरायो, हामी पनि समाजवादको यात्रामा छौं

माधवकुमार नेपाल
२०७७ फाल्गुन २२, शनिबार १६:१२
NIMB
Nabil Bank

खोटाङ–काठमाडौं सम्पर्क मञ्चका प्रिय कमरेडहरु, अभिवादन ।
यतिबेला पार्टी, आन्दोलन र संबिधानलाई जोगाउन हामी सबै एक भएर संघर्ष गरिरहेका छौं । यो अवस्था कसरी आई पुग्यो भन्नेबारे जान्न यसअघिका केहि घट्नाक्रमहरुबारे बुझ्न जरुरी हुन्छ । हामीले देश बनाउने, समाजवाद ल्याउने उदेश्यसहित पार्टी एकता गरेका थियौं ।

तर केपी ओली कारण पार्टी संगठनको काम रोकियो, एकता टुङग्याउन ओली खेमा तयार थिएन् । सधै बिधि प्रक्रिया रोकिरहेको थियो । संगठन व्यवस्थित गरेपछि कार्यकर्ता सक्रिय हुन्थे, तर ओली समुहले वेवास्था गरिरह्यो । ओलीले पार्टी र कम्युनिष्ट आन्दोलनलाई बिर्सजनमा लैजान खोजेको आंशका छ । ओली कम्युनिष्ट थिएनन् र रहेनन् पनि । केहि हप्ताभित्र नेकपा र सुर्य चिन्ह हामीले पाउँछौं, ओली सडकमा पछारिन्छन र उनको कन्तबिजोग हुन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हामीले उहिल्यै पार्टी आधिकारीकता पाईसक्नु पर्ने थियो । ओलीले तिकडम गरेर रोकिराखेका हुन् । ओली गुटका केन्द्रिय सदस्यहरुलाई अहिले केन्द्रिय सदस्य हुँ भन्न पनि लाज लागिरहेको छ । घर छाडेर बरालिएकाहरुलाई घर फर्कन आग्रह गर्छु । ओलीको भजन भण्डलीका सदस्यहरु पनि अब ओलीको भ्रमजाल र लोभलालच छाडेर मुल घरमा फर्कनुस् । व्यक्तिका लागि जीवन बलिदान नगर्नुस, सिद्धान्त र न्यायका लागि बलिदानी दिनुस् । आदर्श र उदेश्य प्राप्तिका लागि लाग्नुस् । नेपाली समाजको आमुल परिवर्तनका लागि मुल नेकपामा आवद्ध हुनुस् । अब घर फर्कनका लागि बाटो खुलि सकेको छ ।

समस्या हामीमा होइन ओलीमा छ । तुरुन्तै राजीनामा दिएर पार्टीलाई को प्रधानमन्त्री बन्ने भन्ने जिम्मा दिनुस् भनेका छौं । ठोस प्रस्ताव ल्याउनुस भनेका छौं । केपी ओलीले एक पछि अर्काे लडाई हारिरहेका छन् तर दम्भ भने बढिरहेकै छ । अध्यक्ष बनेपछि सहमति छाडे, प्रचण्डलाई पनि मिलाएछन् । बराबरको अध्यक्षको साटो पहिलो अध्यक्ष, आधा आधा कार्यकाल बाढ्ने सहमति छाडेर पुरै कार्यकाल लिन सफल भए ओली ।

माधव नेपालले उधारो मान्दिन, नगद चाहियो भनिरहेका छन् भनेर ओली आफैं भाषण गरिरहेका छन् । यो कुरा सत्य हो, म उधारोमा मान्ने वाला छैन् किन की ओली झुटको खेति गरिरहेका छन् । उनको समुहका केहि नेता एकता भनिरहेका छन तर त्यसमा ए कता भन्ने प्रवृत्ति देखिन्छ । हामी धारिलो हतियार लिएर पार्टी र संगठन बनाउन लागिपरेका छौं । आज पनि हाम्रो उदेश्य अरु होइन, पार्टी र आन्दोलन जोगाउने नै हो । गलत प्रवृत्तिबाट पार्टीलाई जोगाएर सहि बाटोमा लैजाने नै हो । गतिशल पार्टीका अगाडी कोहि टिक्न सक्दैन्, नेपालको कम्युनिष्ट आन्दोलन यति शसक्त हुनुको कारण यसका कार्यकर्ताहरुको सक्रियता नै हो । नेताले कार्यकता र कार्यकर्ताले नेताहरुलाई खबरदारी गरौं, गलत बाटोमा जानबाट रोकौं ।

हामीले युवा विद्यार्थीलाई अध्ययन गर्न प्रेरित गर्ने हो । उद्यमी र स्वरोजगार बन्न प्रेरित गर्ने हो । सारमा समाजको परिवर्तन गर्ने हो । केहि दिन अघि मात्रै १० करोड गरिब चिनियाँहरु त्यो दुश्चक्रबाट माथि उठे । त्यो सबै पार्टी र सरकारको एकिकृत प्रयासबाट सम्भव भएको थियो ।
हामीले पनि नागरिकलाई गाँस, बाँस र कपाँसको अभावबाट मुक्त गराउनुपर्छ । यी तीन कुरा त आधारभूत आवश्यकता हुन् । त्यस बाहेक शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषय पनि मौलिक हक हुन् । राज्यले नै यी पाँच कुराको जिम्मेवारी लिनुपर्छ । राज्यले नै गाँस, बाँस, कपाँस, शिक्षा, स्वास्थ्य रोजगारी र सुरक्षाको प्रत्याभूति गर्न सक्नुपर्छ । हाम्रो संबिधानले यी विषयलाई मौलिक हकमा रुपमा अंगिकार गरेको छ । हामीले पार्टीमा असल मानिस भित्र्याउन खोज्यौं तर ओलीले भजन मण्डली बनाउन चाहे । कस्तो पार्टी बनाउने भन्नेबारेमै ओलीसँग कुरा मिलेन् ।

पार्टी मुख्य हो की नेता मुख्य हो भन्ने कुरामा ओलीसँग कुरा बाझियो । पुष्पलालले नै पार्टीमा नीति प्रधान हुन्छ, नेता प्रधान हुन्न भन्नु भएको थियो । ओलीले नेता प्रधान माने हामीले नीति प्रदान भन्यौं । यहि कुरा मिलेन् । यो पद र कुर्सीको लडाई होइन् । सर्वाेच्चको फैसाला अघि नै मैले भनेको थिए की प्रतिनिधी सभा विघटनको निर्णय गल्ति थियो भनेर मन्त्रिपरिषदबाट पुनस्थापनाको निर्णय गरे ओलीलाई स्वीकार गर्न सकिन्छ । तर ओलीले त्यस्तो नैतिकता देखाएनन् । पद ठूलो कुरा होइन, आन्दोलन जोगाउने कुरा ठूलो हो । मलाई पदको लोभ छैन, आन्दोलन जोगाउने चिन्ता छ । किन की यसमा मेरो ठूलो लगानी छ । नेताहरुले पार्टी छाडेर जाँदैमा पार्टी र आन्दोलन समाप्त हुँदैन, त्यो जोगिन्छ । किन की १७ वर्षको उमेरमा कम्युनिष्ट आन्दोलनमा लागेको मान्छे हुँ म ।

हामी असम्भवलाई सम्भव बनाउन सक्छौं । सर्वाेच्चको फैसलाले नेपालीहरुको शान बढाएको छ । संबिधानलाई जोगाएको छ । संबिधान मास्न खोज्नेरुलाई निस्तेज पारिदिएको छ । मनपरितन्त्रको अन्त्य गरिदिएको छ । सर्वाेच्चको फैसला जनताको जीत हो, न्यायको जीत हो ।
सडकबाट संबिधानका पक्षमा आवाज बुलन्द पार्ने सबै कार्यकर्ता र नागरिकलाई धन्यवाद । काठमाडौं, बिराटनगर, बुटबल, धनगढी लगायतका स्थानमा नागरिकहरुको अपार सहभागीता थियो । जिल्ला जिल्लामा र स्थानीय तहमा प्रतिगमन विरुद्ध उभिने सबै कार्यकर्ता र नागरिक पनि धन्यवादका पात्र छन् ।

एउटा लडाई जितियो, अब युद्ध जित्न बाँकी छ । तर त्यो युद्ध पनि जितेरै छाड्छौं । ओलीले अस्ताउँदो सुर्य वा बयलगाढालाई चिन्ह बनाए हुन्छ । सुर्य र नेकपा त हाम्रै हो । ओलीको घाउमा लगाउन हामीले मल्हम ठिक्क पारेका छौं । तोरीको तेल आवश्यक परे पनि दिन्छौं । काँग्रेसलाई १६ वटा मन्त्रालय दिने रे ओलीले । छदाँ खाँदाको पार्टी र आन्दोलनलाई सखाप पार्ने काम ओलीले गरे । ओली गुट र हाम्रो मुल पार्टी कुन आधिकारीक हो भन्ने छुट्याउन डाक्टरलाई बोलाएर डिएनए टेष्ट गरौं । नागरिकता लिएर मार्चपास गर्दै आयोग जान सक्छौं ।
हामीसँग ६६ प्रतिशत भन्दा बढी केन्द्रिय सदस्य छन् । निर्वाचन आयोगले चाँडो निर्णय गरोस् भन्ने हाम्रो आग्रह हो ।

संसदको लडाई बाँकी छ । पार्टीको नाम सम्बन्धमा विवाद चलिरहेको छ । नेकपाको नाममा एक दर्जन पार्टी छन् । काँग्रेसका नाममा तीन पार्टी छन् । राप्रपाका नाममा पनि केहि पार्टी छन् । यी विषयहरु विवाद गर्नुपर्ने विषय नै होइनन् । अब केपी ओली र सरकारको भविष्य के हुन्छ भन्ने विषय छ । पशुपतिमा जलप लगाएर ओलीको भविष्य बदलिने वाला छैन् । अब बालुवाटार छाडेर बालकोट जानुस् । सजिलै जानु हुन्न भने समस्या आउँछ । ११५ जना भन्दा बढी संघीय संसदको सहभागीतामा बैठक बसेर ओलीलाई हटाईसकेका छौं । उपनेतालाई हटाई सकेका छौं । अब ओली संसदीय दलको नेता पनि होइन, पार्टीको अध्यक्ष त कुरै छाडौं, उहाँ त साधारण सदस्य पनि हुनुहुन्न ।

ओली अनौतिक हुन् । काँग्रेस ओलीसँग सति नजाओस् । काँग्रेस जस्तो पार्टी ओलीको सति जाँदैन भन्ने विश्वास छ । प्रतिगमन बिरोधी दलहरु मिलेर सरकार बनाऔं । काँग्रेस, जसपा र हामी मिलेर नयाँ सरकार बनाऔं । काँग्रेस र देउवाले अनिर्णयको बन्दी नबन्नुस् । प्रतिगमनसँग सति नजानुस् ।

काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गरेमा हामी मतदान गर्छौ । हामीले दर्ता गर्दा काँग्रेसले मत हालोस् । ओलीलाई हटाउन काँग्रेस र हामी मिल्नुको विकल्प छैन् । अबको बाटो उज्यालोको हुनेछ । तपाईहरु त्यो उज्यालोमा पार्टी र देश बनाउने अभियन्ता हो ।

(नेकपाको खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले व्यक्त गरेको धारणाको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्