Shikhar Insurance

मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङमा दुई जना मजदुरको मृत्यु

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २२, शनिबार १९:२४
NIMB
Nabil Bank

काठमाडौं । ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा शनिबार दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

७३ मेगावाट क्षमताको यो आयोजना २०७४ सालबाट निर्माण सुरु भएको हो । २०७८ मा निर्माण सम्पन्न हुने आयोजनाको सुरुङमार्ग ३ हजार ३ सय ६७ मिटर निर्माण गर्नुपर्ने हुन्छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्