Shikhar Insurance

संसदीय दलमा १०३ संसद मात्रै आएपछि ओलीलाई तनाव

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २२, शनिबार २०:२८
NIMB
Nabil Bank

काठमाडौं । संसदीय दलमा बहुमत रहेको दावी गर्दै आएका प्रधानमन्त्री केपी ओली शनिबार एकाएक तनाबमा देखिए । आफुले बोलाएका संसदीय दलको बैठकमा जम्मा १०३ जना संसद मात्रै उपस्थित भएपछि प्रधानमन्त्री ओली तनाबमा परेका हुन् ।

बालुवाटारमा ओलीले आयोजना गरेको बैठकमा प्रतिनिधी सभाका ७९ जना र राष्ट्रिय सभाका २४ जना गरि कुल १०३ जना सांसद मात्रै उपस्थित भएका थिए । अपेक्षा भन्दा कम संख्यामा सांसदहरु आएपछि ओलीले सधै बहुमतमा नहुने भएकाले कहिले कहिँ अल्पमतमा परेपनि हिम्मतका साथ काम गर्नुपर्ने धारणा राखेको एक सांसदले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘सधै बहुमतमा भइन्छ भन्ने छैन्, कहिले काँही अल्पमतमा हुँदा पनि हिम्मतका साथ काम गर्नुपर्छ’, ओलीको भनाई उदृत गर्दै श्रोतले भन्यो । फागुन २३ गते आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधी सभाको बैठक डाकिएको छ । बैठकमा प्रधानमन्त्री ओली विरुद्ध माधव प्रचण्ड समुह र काँग्रेसले मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्