Shikhar Insurance

मूल्य बढाएरै भए पनि भारतमा भन्दा नेपालको इन्धन महंगो बनाउन मन्त्री भट्टको निर्देशन

'सरकारविरुद्ध सडकमा जाने सरकारी कर्मचारीहरु आत्मानुशासनहीन हुन्'
सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २२, शनिबार २१:१२
NIMB
Nabil Bank

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भारतभन्दा सस्तोमा तेल नबेच्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।
नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै मन्त्री भट्टले भारतभन्दा नेपालमा सस्तो भयो भने भारत तस्करी हुने दाबी गरेका हुन् ।

“म हस्तक्षेप गर्दिनँ । ध्यान दिनुपर्ने अलिकति कहाँ हुन्छ भने भारतसँगको मूल्यमा उता सस्तो भयो भने यताबाट पारि जान्छ । त्यो ध्यान दिनुपर्छ, अलि मिलाउनुपर्छ,” उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, “तपाईंको प्रक्रियामा मूल्यवृद्धि गर्नुस् वा घटाउनुस् । घटाए सस्तोमा आउँछ ।” उनले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्न तथा घटाउन आफूले हस्तक्षेप नगरेको पनि बताए ।अन्य मुलुकको मूल्य कस्तो छ, अध्ययनको जरुरी रहेको उनको भनाइ छ ।

“जनतालाई मूल्यवृद्धिले असर गर्ने कुरो अन्य मुलुकमा कसरी व्यहोरेको छ, त्यसको अध्ययन गर्न जरुरी छ । मैले कहीँ पनि त्यो हस्तक्षेप गरेको छैन,” उनले भने ।

सरकारविरुद्ध सडकमा जाने सरकारी कर्मचारीहरु आत्मानुशासनहीन भएको उनको जिकिर गरेका छन् । मन्त्री भट्टले आयल निगमलगायतका सरकारी कर्मचारीहरु सरकारविरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठिक र कति बेठिक हो समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

मन्त्री भट्टले निर्माण नचाहने र ध्वंस चाहने, विनाश चाहने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने बताए । उनले भने, “अहिले सरकारले गरेका कामहरु त छर्लंगै छ । हामीले देखेका छौँ, सरकारले गरेको काममा अवरोध गर्नेहरु पनि छन् । विकास नचाहने, विनाश चाहने प्रवृत्ति पनि छ ।” आफू रुपन्देहीमा गएका बेला सरकारी पक्ष नै ढुंगामुढा गर्न लागिपरेको उनको भनाइ छ । मोतिपुर औद्योगिक क्षेत्रमा ध्वंस चाहने र निर्माण नचाहने, विनाश चाहने, विकास नचाहने प्रवृत्तिले अवरोध गरेको उनको दाबी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्