Shikhar Insurance

इतिहासकै संकटपूर्ण घडीमा अर्थतन्त्र, सुधार गर्न अब यसो गरौंः बिनोद चौधरी

सिंहदरबार संवाददाता
२०८० बैशाख २४, आईतवार ११:०७
NIMB
Nabil Bank

नेपाल विजनेश समिट– २०२३ मा मलाई ‘कि नोट स्पिकर’का रुपमा यस गरिमामय सभामा सम्बोधन गर्ने अवसर प्रदान गर्नु भएकोमा म आयोजक सस्थाहरूलाई धन्यवाद दिन्छु । साथै, नयाँ सोंच र जोश बोकेका तपाईँ युवाहरूकावीच प्रस्तुत हुन पाउँदा मलाई निकै खुसी लाग्छ ।आज म आफ्नो मन्तव्यलाई देशको विद्यमान आर्थिक चुनौती, चुनौतीको सामना गर्न लिइनुपर्ने रणनीति, चुनौतीकावीच रहेका अवसर र आर्थिक  विकासका लागि चालिनुपर्ने कदमहरूका बारेमा केन्द्रित गर्नेछु ।

हामी इतिहासमै कमजोर आर्थिक बृद्धिदरकाबीच उभिएका छौँ । केन्द्रिय तथ्यांक विभागको प्रतिवेदनले चालू आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर १.८६ प्रतिशत मात्रै हासिल हुने जनाएको छ । यो बृद्धिदर नेपाल सरकारले अपेक्षा गरेभन्दा चार गुणा कम हो । यो बर्ष ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने प्रतिवद्धता सरकारले जनाएको थियो । एडिबी र वल्र्ड बैंकले पनि करिव ४ प्रतिशतको हाराहारीमा आर्थिक बृद्धिदर हासिल हुनेछ भनेर गरेको प्रक्षेपणका वावजुद निराश नतिजा प्राप्त भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो नतिजासँगै नेपाल आर्थिक मन्दीमा फसेको पनि लगभग निश्चित भएको छ । दुई त्रैमासमा आर्थिक बृद्धिदर ऋणात्मक रहनु भनेको आर्थिक मन्दीमा जानुहो भनेर बुझ्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । गत आर्थिक बर्षको अन्तिम त्रैमासदेखि नैलगातार तीन त्रैमासमा आर्थिक बृद्धिदर ऋणात्मक रहेका रिपोर्ट पनि सार्वजनिक भएका छन्। यसले हामी साँच्चिकै आर्थिक समस्यामा छौँ भनेर सबैलाई झकझकाएको छ । बजेटले लिएको लक्ष्यको तुलनामा राजश्व संकलन अत्यन्तै न्यून छ ।

आर्थिक बर्षका करिव साढे १० महिनामा बार्षिक लक्ष्यको तुलनामा करिब ५१ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । बार्षिक रू. १४ खर्ब राजश्व संकलनको लक्ष्यमा बैशाख २० गते सम्ममा रू. ७१६ अर्ब मात्र प्राप्त भएको छ । बाँकी अवधीमा लक्ष्यभन्दा निकै कम मात्रै राजश्व संकलन हुने सरकारलेस्विकार गरिसकेको अवस्था छ । विगत ५५ बर्षको इतिहासमा आर्थिक बृद्धिदर ऋणात्मक भएको अवस्थामा समेत गत आर्थिक बर्षको तुलनामा राजश्व ऋणात्मक भएको थिएन । तर, चालू आर्थिक बर्षमा आर्थिक बृद्धिदर ऋणात्मक नैनभए पनि राजश्व संकलन ऋणात्मक हुने निश्चित देखिएकोछ ।

कृषी, सेवा क्षेत्र र उत्पादनमूलक क्षेत्रको बृद्धिदर नकारात्मक छ । जिडिपीका हाम्रा पिल्लरहरूमा राम्रैसमस्या देखिएको छ ।  उत्पादनमूलक उद्योगहरूमा २० देखि ८० प्रतिशतसम्म उत्पादन ह्रास आएको छ जसलाई सरकारी रिपोर्टले पुष्टि गर्दै गएका छन्। निजी क्षेत्रहतोत्साहित छ । बजारमा मन्दीका लक्षणहरू पर्याप्त छन्। विभिन्न रिपोर्टहरूले ३५ प्रतिशतसम्म उद्योगहरू विस्थापित भएको देखाएका छन्। र, मुख्य ब्यापारिक केन्द्रहरूका सटर खुल्न छाडेका छन्।

हाम्रो समग्र वित्तिय क्षेत्रमा गम्भिर समस्याका लक्षणहरु देखा परेका छन्। बैंकहरूको खराव कर्जा गत बर्षको तुलनामा दोब्बरले बृद्धि हुदै १.३१ प्रतिशतबाट २.६३ प्रतिशत पुगेको छ । यो डाटा तत्काल ४ प्रतिशतमा पुग्ने देखिएको छ । ऋण तिर्न नसकेर कालोसूचिमा पर्नेहरुको संख्या दोब्बरभन्दा धेरैले माथि पुगेको छ । गत बर्ष कालोसूचिमा रहनेको संख्या २२ हजार रहेकोमा अहिले ४८ हजारभन्दा माथि पुगेको छ ।

हामीले राजश्वबाट चालू खर्च धान्दै आएका थियौँ । तर, यो बर्ष हामी यसमा पनि नराम्रोसँग चुकेका छौँ । वैशाख २० सम्ममा ७१६ अर्ब राजश्व संकलन हुदा हाम्रो चालू खर्च ७५८ अर्ब पुगेको छ । राजश्व र चालू खर्चवीचको ग्याप ४२ अर्ब पुगेको छ । दुःखको कुरा यस्तो घण्टी बजिसक्दा समेत हामीले चालू खर्च घटाउने गम्भिर पहल गरेनौँ । सुधारको पहल पहिल्यै हुनुपर्ने थियो । चालू खर्च कटौती गर्ने र पुँजीगत खर्च बृद्धि गर्ने गरि बजेट संरचनामा सुधार गरिनुपर्छ भनेर बारम्बार सार्वजनिक मञ्चहरू र संसदमा समेत आवाज उठाउदा पनि सुधारमा कसैले ध्यान दिएन ।

कम्तिमा डा. डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने हिम्मत २०७४ सालपछिका सरकारसँग हुनुपथ्र्यो ।  हामीले विकास निर्माणको प्रकृयालाई ट्रयाकमा ल्याउनै सकिरहेका छैनौँ । विकास निर्माणका गतिविधी समयमै हुन सकेको भए राजश्व संकलन र आर्थिक बृद्धिदरमा पनि हामीले यति कमजोर हालतको सामना गर्नुपर्ने थिएन । आर्थिक बर्षका दुई महिना मात्रैबाँकी रहदा हाम्रो पुँजीगत खर्च ३२ प्रतिशतमा सिमित छ भन्नुपर्दा मलाई वास्तवमा चिन्ता लाग्छ । विकास निर्माणको प्रवृत्तीमा प्रदेश सरकारहरूलेपनि संघीय सरकारलाई नै पछयाईरहेका छन्। सातवटै प्रदेशको पुँजीगत खर्च ३० प्रतिशतभन्दा कम छ । राजनीतिक स्थिरता, शुसासन र आर्थिक विकास केही पनि दिन नसक्ने र नागरिकको टाउकोमा राजश्वको भार मात्रै थप्न योगदान गर्ने हो भने पक्कै पनि प्रदेश सरकारहरूमाथि गम्भिर प्रश्न उठ्नेछ ।

सामाजिक सुरक्षा र पेन्सन खर्च जस्ता शिर्षकहरूमा रकम व्यवस्थापन गर्न सरकारलाई गाह्रो परिसकेको छ । यसका लागि करिब २०० अर्बको दायित्व सरकारसँग छ । सामाजिक सुरक्षा प्रभावकारी हुनुपर्छ तर यसको मतलब
यो बिषय सस्तो राजनीतिक लोकप्रियताका लागि हुनु हुदैन । पार्टीहरूले बृद्ध भत्ता पाउने समूहकोउमेर प्रतिस्पर्धा गरेर घटाएका हुन्जबकी हाम्रो औसत आयुमा सुधार हुदै आएको छ । पेन्सन वितरणका लागि फण्ड
व्यवस्थापनको वैकल्पिक र्सोच आवस्यक पर्ने देखिन्छ ।

ड्ड हामी ९० रूपैयाँको आयात गर्दा १० रूपैयाँको निर्यात गछौँ । यो अवस्थामा सुधार ल्याउन हामीले धेरै गफ त ग¥यौँ तर काम गर्न सकेनौँ । आयातमा हचुवाका भरमा कन्ट्रोल गरेको पृष्ठभुमिमा समेत अहिले हामी ९०० अर्बको ब्यापार घाटाको भारी बोकिरहेका छौँ । यस अवधीमा १०५८ अर्बको आयात गर्दा १०८ अर्बको निर्यात गर्न सकेका छौँ ।

ड्ड अर्थतन्त्रको यस गभ्भिर पृष्ठभुमिमा अहिले पनि हाम्रो राजनीति सत्ताको भागवण्डा, प्रशासनिक हेरफेर र आफन्तहरूको नियुक्तिबाट बाहिर निस्किन सकेको छैन । अर्थतन्त्रलाई राजनीतिको केन्द्रविन्दूमा राखेर काम गर्नुपर्ने
जिम्मेवारीलाई राजनीतिले आत्मसाथ गर्न सकेको छैन । राजनीतिक पार्टीहरूले राष्ट्रिय अर्थतन्त्रको एजेण्डामा एउटा गम्भिर बैठक बोलाएको अनुभूति गर्न पाइएको छैन । म फेरी पनि सचेत गराउन चाहान्छु–
अर्थतन्त्रमा अरु धेरै कुरा विग्रिनुअघि हामी सच्चिन जरूरी छ । राजनीति सच्चिन जरूरी छ ।

हाम्रो अर्थतन्त्रमा रहेका समस्याको सूचि पक्कैपनि लामो छ जसलाई तथ्यांकले प्रमाणित गर्दै लगेका छन्। हामीले नेपाली अर्थतन्त्रको कालो बादलमा चाँदीका घेराहरू खोज्नु परेको छ ता की तिनै चाँदीका घेराहरू पछयाउँदै अर्थतन्त्रलाई सहि बाटोमा फर्काउन सकियोस्।

निर्यातमुखि जलविद्युत् परियोजना:  जलस्रोतका विभिन्न निर्यातमुखि परियोजनाहरूमा भएका संझौता, पिडिएहरू सकारात्मक छन्।
पाइपलाईनमा रहेका: बन्दै गरेका यी परियोजनाहरूमा लिइएका पहल सकारात्मक छन्। नेपाल विद्युत्आयात गर्ने देशबाट निर्यात गर्ने देशमा परिणत भएकोमा सेलेब्रेट गर्दै हामीले निर्यातलाई उच्चतम विन्दूमा पु¥याउन
सक्नुपर्छ । भारतले १२५०० मेगावाट विजुली आयात गर्न चाहेको पृष्ठभुममिा त्यो अवसरलाई हामीले गुमाएनौँ भने राम्रो हुनेछ । देशभित्र हाल पाईपलाईनमा रहेका ११३९२ मेगावाटका जलविद्युत्परियोजनामध्ये १५००
मेगावाटको मात्र पिपिए खुला गरिएकोमा सम्भावित परियोजनाहरु सबैको पिपिए खुला गरि लगानीको वातावरण तयार गर्न सकिन्छ । सयमसिमामा रहि जलस्रोतको उपयोग गर्न सकियो भने यो क्षेत्र हाम्रो अर्थतन्त्रमा चाँदीको
घेरा सावित हुनेछ ।

रेमिटयान्सको उत्पादनमुखि क्षेत्रमा लगानी: हाम्रो आन्तरिक समस्याकावीच रेमिटयान्स आप्रवाहमा आएको सुधारले हामीलाई राहत दिएको छ । चालू आर्थिक बर्षको ८ महिनामा रेमिटयान्स आप्रवाहमा २५ प्रतिशतभन्दा बढिले
बृद्धि भएको छ । यसरी प्राप्त रेमिटयान्सलाई हामीले उत्पादनशिल क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनसक्नुपर्छ जसले हाम्रो अर्थतन्त्रमा दिगो योगदान पुग्नेछ । मलेसिया र खाडीमा बसेर देशका लागि योगदान गर्ने
युवाहरूलाई देशमा फर्किदा उद्यमशिल बनाउनुपर्छ भन्ने सोंचलाई व्यवहारमा उतार्नुपर्छ ।

अन्तराष्ट्रिय विमानस्थलको उपयोग:  हामीले पोखरा र भैरहवामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल त निर्माण ग¥यौँ । तर, यि विमानस्थल बनाईरहदा यिनको उपयोग कसरी गर्ने भनेर योजना बनाउन सकेनौँ । फलतः अहिले
यि दुवै एयरपोर्ट रित्तै बसेका छन्। यहि अवस्थामा बसिरहने वा हाम्रा एयरपोर्टहरुलाई गुल्जार बनाउने ? एयरपोर्टहरुलाई गुल्जार बनाउन एयरपोर्ट व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट अनुभव बोकेका सस्थाहरूलाई
संलग्न गराउनुपर्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रो क्षमता करिब तेब्बरले बढेको छ तर टुरिष्ट आगमन भने सन्२०१९ जति पनि पुग्न सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ वटा बे बाट अहिले १३ वटामा विस्तार भएको छ । पोखरा र भैरहवा विमानस्थलमा त्यतिकै क्षमता छ । तर, एयरलाईन्सको आगमन भने बढाउन सकिएको छैन जसका कारण
पर्यटक आगमनमा शिथिलता कायमै छ । हामीले पहिलो चरणमा ३५ लाख हुदै आगामी पाँच बर्षभित्र बार्षिक ५० लाख पर्यटक नेपाल भित्रयाउन सक्ने गरि काम अगाडि बढाउन आवस्यक छ ।
छिमेकमा रहेको अवसर ः हाम्रा दुई छिमेकी राष्ट्रहरू चिन र भारत विश्वका शक्तिशाली अर्थतन्त्र बनिरहेका छन्। यि विश्वकै लागि ठूला बजार हुन्भने नेपालका लागि नहुने त कुरै रहेन । तर, यि विशाल बजारमा हामीले के गर्न
सक्छौँ भन्ने सोंच भने हामीसँग हुनुपर्छ । यी ‘फयाक्ट्री अफ दि वल्र्ड’ सँग हाम्रा औद्योगिक उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो छ भन्ने हामीले बुझ्नुपर्छ ।

त्यसैले हाम्रो फोकस वस्तुको सट्टा पर्यटन, पावर ट्रेड, हाईभ्यालु मेडिसनल  हब्र्स, सिमेन्ट लगायत मिनरल्समा हुनुपर्छ । यस दिशामा काम गर्न सक्यौँ भने यि विशाल बजारलाई हामीले उपयोग गर्न सक्छौँ ।

पाईपलाइनमा रहेका मेघा प्रोजेक्टलाई अगाडि बढाऔँ: मलाई थाहा छ, केही यस्ता मेघा प्रोजेक्टहरू पाईपलाईनमा रहेका छन्जसलाई हामीले यथाशक्य स्विकृती दिएर अगाडि बढाउन सक्छौँ । जस्तो कर्णाली वेसिन,
ग्यास पाईपलाईन, रासायनिक मल, क्रिप्टो, पूर्व–पश्चिम रेलमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, विभिन्न हाईवेहरु, टनेल्स लगायतका परियोजनाहरू ।

म सेकेण्ड जेनेरेशनको आर्थिक सुधारका लागि प्रतिवद्ध रहन सरकारको ध्यानाकर्षण गराउँछु । आर्थिक सुधारलाई समयमै अगाडि बढाउन नसक्दाको परिणाम अहिले हामीले भोगिरहेका छौँ । २०४८ सालकोआर्थिक सुधारले
नेपाली अर्थतन्त्रलाई अहिलेसम्म थेग्न सम्भव भयो । तर, अब पनि हामी यथास्थितीमै रहयौ भने संकटमा पर्ने संकेतहरु हामीले पाईसक्यौँ । ढिलै भए  पनि २०७२ सालमा नयाँ संविधान जारी भएपछिको हाम्रो पहिलो काम
आर्थिक सुधारमा केन्द्रित हुनुपथ्र्यो यसमा भने हामी गम्भिर रूपमै चुकेका छौँ । त्यसैले सेकेण्ड जेनेरेशनको आर्थिक सुधारलाई जेठ १५ मा आउने आगामी आर्थिक बर्षको बजेटसँगै अगाडि बढाइनुपर्छ । अब पनि जहाँ चुहिन
थाल्यो त्यहि टालेर मात्रै अर्थतन्त्रलाई सम्हाल्न सकिनेछैन यसका लागि नयाँ छाना नै हाल्नुपर्छ ।

म यहिँनिर भारतको नरेन्द्र मोदी सरकारले अगाडि बढाएको ‘मेक इन इण्डिया’, ‘नीति आयोग’बाट संचालिन विकासको नयाँ यात्राबाट भारतीय अर्थतन्त्रमा आएका सकारात्मक परिणामहरूको समिक्षा गर्न आग्रह गर्दछु ।
हामीले नितिन गड्करीले पूर्वाधार विकासमा ल्याएको नतिजा र सुरेश प्रभुले भारतीय रेल्वेमा गरेको सुधारबाट पनि सुधारका पक्षमा धेरै शिक्षा लिन सक्नेछौँ । ठूलो उपलब्धी हासिल गर्न हाम्रो सोंच पनि त्यतिकै विशाल हुनुपर्छ । सानो
सोंचले ठूलो उपलब्धी हासिल गर्न सम्भव छैन । सोंच त्यतिकै प्रष्ट हुनुपर्छ– हामी कहाँ पुग्नेछौँ भनेर । यस्तो सोंच कार्यान्वयन गर्न राजनीतिले बलियो साथ दिनुपर्छ । अझ भनौँ राजनीतिक दृष्टिकोण आर्थिक विकासको यस्तै
सोंचबाट लिपिवद्ध हुन सक्नुपर्छ । र, आम नागरिकले यसमा अपनत्व महशुस गर्दै सँगसँगै अगाडि बढ्न सक्नुपर्छ ।

आर्थिक विकासका सोंच सहि ढंगले अगाडि बढाउन र कार्यान्वयन गर्न मिडिया र विशेष गरि सोसल मिडियाको पनि सकारात्मक समर्थन आवस्यक छ । केही गर्न खोज्नेलाई सार्वजनिक रुपमा हौसला
प्राप्त हुदा नतिजामा ब्यापक फरक परेका उदाहरण हामीसँग छन्। अझ भनौँ आर्थिक विकासको वृहत पहलकालागि सोसल मिडियामार्फत्राजनीतिकोध्यानाकर्षण गर्न सकिन्छ र यसको सहि
व्यवस्थापनमा साथ पनि दिनुपर्छ ।

अहिले राजनीतिमा ‘नया’ र ‘पुराना’ पार्टीका नाममा विश्लेषणहरू भईरहेका छन्। मलाई लाग्छ, मानिसको रगत ‘पुरानो’ वा ‘नयाँ’ भन्ने हुदैन यसकोत क्षमता र नियत के छ भनेर हेर्नुपर्ने हुन्छ । हो, राजनीतिक पार्टीहरूले आफ्ना पार्टी भित्रका क्षमतावानहरूलाई चिन्न सक्नुपर्छ र उनीहरूलाई देश चलाउने जिम्मेवारी दिन सक्नुपर्छ ।

अहिले प्रोपोगाण्डाहरू राजनीतिका अनुहार बनिरहेका छन्। यो फेरी पनि एकैछिनमा फुट्ने पानीको फोका मात्रै हो । देश र जनताको पक्षमा प्राप्त नहुने नतिजा प्रोपोगाण्डा सिवाय केही होइन । यसबाट एकैछिन आम नागरिकको मन उद्वेलित गर्न त काम लाग्ला तर सहि नतिजा हात नलाग्दासम्म दिगो राजनीतिको गन्तब्य तय गर्न सम्भव हुनेछैन ।

देशमा आर्थिक विकासको अभियान चलाउन स्पष्ट सोंच, सोंचलाई योजनावद्ध गर्न सक्ने क्षमता, योजना कार्यान्वयन गर्ने इमान्दार प्रतिवद्धता र त्यसका लागि संगठन निर्माण निकै महत्वपूर्ण पक्ष हुन्। प्रोपोगाण्डामा यि केही पनि हुदैनन्। एउटा बिषयलाई उछाल्न ‘साईबर आर्मी’ काफी होलान्तर त्यसलाई कार्यान्वयनमा लगेर रिजल्ट दिने कुरा विल्कुल फरक हो भन्ने हामीले बुझ्नुपर्छ ।

नेपाल एउटा ‘रफ अनकट डायमण्ड’ हो । जसमाथि हामी बसेका छौँ । यो डायमण्डलाई कसरी पोलिस गर्नुपर्छ भन्ने कुरा हामीले जान्नुपरेको छ । हामीले हेर्दाहेर्दै दुवई लगायतका देशले आफुलाई मरूभुमिबाट हिरामा परिणत गरेका छन्। तर, हामी भने आफ्नै नाभीको कस्तुरी थाहा नपाएर भौतारिईरहेका छौँ ।  देशभित्र र बाहिर पनि नेपाललाई माया गर्ने उद्यमशिल व्यक्तिहरूको  अभाव छैन । तर, उनीहरुलाई नेपालमा आएर काम गर्ने फ्रिडम दिन सक्नुपर्छ ता की नेपालमा लगानी गरिरहदा आनन्दीत महशुस गरून्।

नेपालको विकासका लागि लगानी गर्नेहरूलाई हामीले सम्मान गर्ने सँस्कार विकास गर्नु परेको छ । तर, हाम्रो मानसिकता हरेक दृष्टिकोणबाट लगानीकर्तालाई हतोत्साहित गर्ने, उनीहरूको सफलतामा आफुले के पाउँने भन्ने ‘रेन्ट सिकिङ’भन्दा माथि उठ्न सकेको छैन ।

नेपालले आर्थिक विकासको द्रुत अभियान अहिले नै शुरु गर्नुपर्छ किनकी हामीसँग यो अभियानका सारथी युवाहरूको वृहत पंक्ति साथमा छ । तर, १०/१५ बर्षपछि हामीले युवाहरूको यो जोश खोजेर
पाउनेछैनौँ । नेपालका युवा विश्वका कुनै पनि देशका युवाभन्दा कम छैनन्। शिक्षा, अंग्रेजी भाषामाथिको पकड, विश्वका मामिलासँगको इंगेजमेन्ट, आईटीको नलेज र केही गरेर देखाऔँ भन्ने सपनाले परिपूर्ण छन्।
समस्या छ त उनीहरूलाई अवसर दिन नसक्ने राजनीतिको क्षमतामा छ । स्टार्ट–अप, भेन्चर क्यापिटल, इन्क्युवेसन, बिपिओ जस्ता अवसरसँग हामीले युवाहरूलाई जोड्न सकेका छैनौँ । मलाई थाहा छ,
हाम्रा युवाहरु आज विश्वभर फैलिएका कम्पनीहरुमा रहेर स्मार्ट सेवा दिइरहेका छन्। नेपालमा घरमै बसेर पनि उनीहरु वल्र्डक्लास कम्पनीसँग जोडिएका छन्। यस्ता युवालाई हामीले स्टार्ट–अप र उनीहरूका श्रृजनशिल सोंचहरुमा लगानी गर्ने इको सिस्टम तयार गर्न सकेनौँ । तर अर्कोतर्फ न्युनतम रोजगारी उपलब्ध गराउने नाममा आफ्ना कार्यकर्तालाई लाभ पुग्ने गरि पैसा बाड्ने प्रणालीलाई पनि हामीले प्रोत्साहित गरेकै छौँ ।

शिक्षा, स्वास्थ्य र रोजगारी हाम्रा निकै संवेदनशिल बिषय हुन्। यि क्षेत्रमा विद्यमान समस्याहरूप्रति हामी क्षेत्रगत रुपमै विश्लेषण गरेर सुधारमा जानुपर्छ ।  देशका विश्वविद्यालय खाली हुने गरि हाम्रा छोराछोरी अध्ययनका
लागि किन विदेश गइरहेका छन्भन्ने प्रश्नकोजवाफ हामीले खोज्न सक्नुपर्छ । के हाम्रो शिक्षाको स्तरलाई यहि लेवलमा कायमै राखेर हाम्रा छोराछोरीलाई विदेश नजाउ भन्न सकिने अवस्था छ ? यदि छैन
भने वल्र्डक्लास एजुकेसनलाई देशभित्रै कसरी निश्चित गर्न सकिन्छ भनेर गम्भिर गृहकार्यमा बस्नुपर्छ ।

अन्त्यमा,
हामी पक्कै पनि समस्यामा छौँ तर हामीले ति समस्यामाथि विजय हासिल गर्न सक्नेछौँ भन्ने आत्मविश्वासकासाथ काम गर्न म सबैमा आब्हान गर्न चाहान्छु । मलाई धैर्यतापूर्वक सुनिदिनुभएकोमा म सबैलाई हार्दिक धन्यवाद
दिन्छु । धन्यवाद ।

नेपाल व्यवसाय शिखर सम्मेलनमा उद्योगी बिनोद चौधरीले व्यक्त गरेको धारणाको सम्पादित अंश

GBIME

प्रतिक्रिया दिनुहोस्