Shikhar Insurance

अफ्रिकी महादेशमा निर्यात व्यापारको सम्भाव्यता खोजिने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २३, आईतवार २१:१२
NIMB
Nabil Bank

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारी बीच आज परिसंघको कार्यालयमा भेटघाट एवं छलफल भएको छ । छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मूलुकहरु बीचमा हुने व्यापार सम्बन्धका बारेमा चासो देखाएका थिए ।

उनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने बाह्र वटा मूलुकहरुमा व्यापार तथा लगानिका सम्भाव्यताहरुको पहिचान गरी नेपालसँगको व्यापार प्रवद्र्धन तथा देशमा लगानी भित्र्याउने सम्बन्धमा सक्दो पहल गर्ने बताए । दक्षिण अफ्रिकी मूलूकहरुमा रहेका उद्योग व्यवसायसँग आवद्ध संस्थाहरुको पहिचान गरी नेपाल र दक्षिण अफ्रिकी चेम्बरहरुसँगको सहकार्यमा निर्यात प्रवद्र्धन र लगानी विस्तारका क्षेत्रमा सहकार्य गर्ने वातावरण बनाउन पहल गर्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

छलफलमा बोल्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपालले आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखि कुटनीतिका माध्यमबाट देशमा लगानी भित्र्याउन र निर्यात प्रवद्र्धन गर्न विशेष पहल गर्नु पर्ने बताए । दुतावासहरुले नेपालको उत्पादनहरुलाई प्रदर्शन गर्नको लागि प्रदर्शनी केन्द्रको स्थापना गरी निर्यात प्रवद्र्धनमा सघाउ पु¥याउन राजदूत विश्वकर्मालाई अनुरोध गरे ।

अध्यक्ष मोरले नेपालमा दक्षिण अफ्रिकाबाट ठूलो मात्रामा कोइला आयात भइरहेको सन्दर्भ उल्लेख गर्दै नेपालबाट पनि हस्तकलाका सामान, पस्मिना, उनिकपडाहरु लगायतका उत्पादनहरुलाई निर्यात गर्नको लागि पहल गर्नु पर्ने धारणा राखे । स्वदेशमानै औद्यागिकरणको माध्यमबाट रोजगारी सृजना गर्ने र लगानीमैत्री वातावरण तयार गर्नको लागि परिसंघ निरन्तर लागिरहेको उल्लेख गर्दै अफ्रिकी मूलकबाट पनि लगानी भित्र्याउन सकिने बताए । यसको लागि परिसंघको रिसर्च सेलले नेपाल र दक्षिण अफ्रिका बीचको व्यापार तथा लगानीका क्षेत्रमा अध्ययन गरिरहेको जानकारी गराए ।

राजदूत विश्वकर्मासँगको छलफलमा परिसंघका उपाध्यक्षहरु राजेश अग्रवाल, विरेन्द्रराज पाण्डे र परिसंघ प्रदेश दुईका संयोजक नरेश दास लगायतको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्