Shikhar Insurance

ऋणको ब्याजदर घट्ने भएपछि सेयर बजारमा सुधार, कारोबार रकम भने गिरावट

सिंहदरबार संवाददाता
२०८० बैशाख २६, मंगलवार १५:१५
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार बढेर बन्द भएको छ । अघिल्लो दुई करोबारको दिनमा ३६.०५ अंकले घटेको सेयर बजार मंगलबार भने बढेर बन्द भएको हो ।

कर्जाको ब्याजदर घट्ने भएपछि मंगलबार बजारमा सुधार देखिएको हो। नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अब मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ। केन्द्रिय बैंकले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औषत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्ने निर्देशन दिएको हो। फलस्वरुप यस दिन बजार बढेको हो।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १०.६६ अंकले बढेर १,८४४.३६ को विन्दुमा बन्द भएको छ । भने, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स १.८७ अंकले बढेर ३५४.२५ को विन्दुमा बन्दभएको छ ।

मंगलबार सेयर बजारमा सामान्य सुधार आउँदा ५ कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले बढेको छ । यसदिन पिपुल्स पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ६.४७ प्रतिशतले बढेको छ । कालिन्चो दर्शनको ४.६५, सिभिल लघुवित्तको ४.०५, यूनिलिभर नेपालको ४.०४ प्रतिशत र आमनिर्भर लघुवित्तको ४.०३ प्रतिशत सेयर मूल्य बढेको छ । कारोबारका आएको यूनिक नेपाल लघुवित्तको सेयर मूल्य ८.६८ प्रतिशतले घटेको छ ।

यसदिन नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । दिनभरीमा २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर ७७ करोड ४७ लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन नेप्से परिसूचक १६.९३ अंकले घट्दा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएको १६१ कम्पनीको सेयर मूल्य बढेको छ । ५० कम्पनीको घटेको छ भने, ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । कम्पनीको ६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यसैगरी, शिवम् सिमेन्टको ४ करोड ४६ लाख, स्वावभिमान लघुवित्तको ३ करोड ४७ लाख र नबील बैंकको २ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने, बाँकी कम्पनीको सेयर कारोबार २ करोड भन्दा कमले भएको छ ।

यसदिन समूहगत उपसूचकहरु सबै बढेको छ । सबैभन्दा बढी होटल एण्ड टुरीजम क्षेत्रको परिसूचक १.९४ प्रतिशतले बढेको छ । त्यसैगरी, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्