Shikhar Insurance

भैरहवा विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण लागत १२५ प्रतिशत बढाइँदै, अख्तियारमा उजुरी

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २४, सोमबार ११:१७
NIMB
Nabil Bank

काठमाडौं । राज्यलाई ठूलो भार पर्ने गरी भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको लागत १२५ प्रतिशतले वृद्धि गर्न चलखेल सुरु भएको छ । यसअघि भैरहवाको दोस्रो टर्मिनल भवन निर्माणको लागि जम्मा आठ करोड अमेरिकी डलर (करिब ९ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको थियो । अहिले भवनकोे डिजाइन परिवर्तन गरेर आर्थिक चलखेल गर्न मिल्ने गरी १८ करोड अमेरिकी डलर (करिब २१ अर्ब रुपैयाँ) पुर्याएर ठेक्का लगाउने तयारी भएको हो । पुरानो लगत इस्टिमेटलाई बढाएर राज्य कोषलाई १० करोड डलर आर्थिक भार थपिने गरी ठेक्का लगाउन लागिएको हो ।

नेपाल सरकारको २० मिलियन र एशियाली विकास बैंक (एडीबी) को ६३.७ मिलियन अमेरिकी डलरमा निर्माण सम्पन्न गर्ने यस अघिको लागत अनुमानलाई बढाएर अहिले नयाँ लागत तयार पारिएको छ । नयाँ लागत बनाएर आयोजना निर्माणको लागि १० करोड अमेरिकी डलर खर्चेर कूल लागत १८ करोड डलर पुर्याउने गरी आशय पत्र आव्हान गर्ने तयारी भैरहेको प्राधिकरण उच्च श्रोतले बतायो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणले राष्ट्रिय गौरवका आयोजना (पोखरा, भैरहवा र निजगढ)को जिम्मेवारी प्रदीप अधिकारीलाई दिएको छ । नेपाल सरकार र एडीबीको ऋणबाट करिब ९ अर्ब रुपैयाँमा दोस्रो टर्मिनल बन्ने भनिएको थियो । तर उक्त भवन निमार्णको लागि अहिले २१ अर्ब रुपैयाँ भन्दा बढी खर्च लाग्ने गरी नयाँ योजना प्राधिकरणले नै बनाइरहेको छ ।

नयाँ लगत इस्टिमेट तयार पारेर ठूलो आर्थिक चलखेल गर्न लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । आयोगमा माघ ७ गते दर्ता नम्बर ‘सी ०२२५८९’ उजुरी परेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्