Shikhar Insurance

जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन, अब कति बाँड्दैछ नगद र बोनस ?

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश संशोधन भएको छ ।

लघुवित्तको बैशाख २६ गते बसेको संञ्चालक समितिको ९६औं बैठकले प्रस्तावित लाभांश संशोधन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकको निर्देशन अुनसार लघुवित्तले हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने कुल २ करोड ४० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १४.२५ प्रतिशतका दरले हुन आउने २ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशतका दरले हुन आउने १२ लाख रुपैयाँ बराबरको नगद रहेको छ ।

यस अघि लघुवित्तले चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत नगद गरी कुल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लघुवित्तले लाभांश संशोधन गरी स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्