Shikhar Insurance

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ५८ करोडमा सीमित

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार १५:२५
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन अर्थात् मंगलबार १०.६६ अंकले बढेको सेयर बजार बुधबार सामान्य अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २.४३ अंकले घटेर १,८४१.९३ को बिन्दुमा झरेको छ भने, ठूला कम्पनीकाे सेयर मापक सेन्सेटिभ इण्डेक्स ०.४५ अंकले घटेर ३५३.८० को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस दिन नेप्से परिसूचक घटे पनि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर सर्वाधिक ८.२४ प्रतिशतले बढेको छ । त्यसैगरी बाराही हाइड्रोपावर कम्पनीको ५.८७ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ४.०२ र विपिडब्लु लघुवित्तको ४ प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबारमा आएको ९.५ प्रतिशत एनसीसी डिबेन्चर्स २०८६ को मूल्य सबैभन्दा बढी ७.२४ प्रतिशतले घटेको छ ।

यसदिन सेयर बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर ५८ करोड ९१ लाख रुपैयाँमा खरिद बिक्री भए । अघिल्लो दिन नेप्से १०. ६६ अंकले बढ्दा ७७ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएको ८८ कम्पनीस्को सेयर मूल्य बढेको छ । १ सय १३ कम्पनीको घटेको छ भने, १५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ३ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यसैगरी, नबील बैंकको ३ करोड ५४ लाख, शिवम् सिमेन्टको ३ करोड २८ लाख, नेपाल टेलिकमको २ करोड ५६ लाख र एभरेष्ट बैंकको १ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँच भित्र रहेको छ । बाँकी कम्पनीको सेयर १ करोड ३० लाख भन्दा कम कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक बढेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्