Shikhar Insurance

पुष्पलाल मित्रता केन्द्रको अध्यक्षमा खतिवडा

सिंहदरबार संवाददाता
२०८० बैशाख ३१, आईतवार ०७:२९
NIMB
Nabil Bank

काठमाडौं । जगन्नाथ खतिवडाको नेतृत्वमा पुष्पलाल मित्रता केन्द्रको नयाँ कार्यसमिति चयन भएको छ । केन्द्रको विशेष साधारणसभाले ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षद्वयमा जयन्ती राई र विश्वनाथ प्याकुरेल, महासचिवमा डा कृष्णराज पन्त, सचिवद्वयमा मेटमणि चौधरी र दामोदर अर्याल तथा कोषाध्यक्षमा विष्णु लम्साललाई निर्वाचित गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष खतिवडा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीमा छन् । उपाध्यक्ष राई पार्टीको केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य छिन् । सचिव चौधरी पनि पार्टीको केन्द्रीय सचिवको जिम्मेवारीमा छन् ।

कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको नामबाट स्थापना गरिएको केन्द्रले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकासका साथै सांस्कृतिक रुपान्तरणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष खतिवडाले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको खाँचो औँल्याउँदै त्यसका लागि आवश्यक नीति निर्माणमा सहयोग गर्न केन्द्रले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्