Shikhar Insurance

नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा १६ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०८० बैशाख ३१, आईतवार १३:१६
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सर्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफा १६.१६ प्रतिशतले बढेको छ ।

कम्पनीले यसअवधिसम्मा २९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

४ अर्ब ६४ करोड रुपैयाँ चुक्तापुँजी रहेको नेशनल लाइफको प्रतिसेयर आम्दानी ८.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.२६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४५.९३ रुपैयाँ रहेको छ ।

कम्पनीको बीमा कोषको आकार गत आवको तुलनामा १८.८० प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ५८ अर्ब २६ करोड ८३ लाख रुपैयाँ संचिति रहेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषमा ४९ अर्ब ४ करोड रुपैयाँ संचित गरेको थियो ।

त्यसैगरी, कम्पनीको जगेडा कोषको आकार भने ३७.८१ प्रतिशतले घटेको छ । चालु आवको चैत मसान्तसम्म कम्पनीले आफ्नो जगेडा कोषको रकम चलाएको देखिएको छ । जगेडा कोषमा सो अवधिसम्म ३२ करोड ९१ लाख रुपैयाँ संचित रहेको छ । गत आवमा कम्पनीको जगेडा कोषमा ५२ करोड ९२ लाख रुपैयाँ रकम रहेको थियो । साथै कम्पनीको महाविपत्ती कोषको आकार भने १३.४८ प्रतिशतले वृद्धि भएको छ ।

तेस्रो त्रैमासिकमा कम्पनीको खुद बीमा शुल्क ९.३९ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ११ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोहि अवधिमा कम्पनीले १० अर्ब १० अर्ब १७ करोड रुपैयाँ खुद बमिा शूल्क आर्जन गरेको थियो ।

साथै सो अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ३७.२४ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा ४ अर्ब ५८ करोड रुपैयाँ खुद बीमा दाबी भुक्तानी गरेको कम्पनीले यस त्रैमाससम्मा ५ अर्ब ५७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गर्न सफल भएको छ।

सो अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी १८.९३ प्रतिशतले बढेको भने व्यवस्थापन खर्च समेत ४.९३ प्रतिशतले घटेको छ । साथै कम्पनीको अभिकर्ता कमिशन समेत १.७५ प्रतिशतले घटेर १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्म कम्पनीको जारी बीमा पोलिसीको संख्या १७ लाख २९ हजार ४४२ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्