Shikhar Insurance

प्रभु लाइफको खुद नाफा ३० प्रतिशतले बढ्यो, बीमा शुल्क स्थीर हुँदा दावी भुक्तानी कति ?

सिंहदरबार संवाददाता
२०८० बैशाख ३१, आईतवार १४:१८
NIMB
Nabil Bank

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३०.६५ प्रतिशतले बढेको छ ।

कम्पनीले तेस्रो त्रैमासमा १३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत अवको सोहि अवधिमा कम्पनीले १० करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको खुद बीमा शुल्क आम्दानी स्थीर रहेको छ भने, कम्पनीको खुद दावी भुक्तानी ८४.७४ प्रतिशतले बृद्धि भएको छ। गत आवमा २७ करोड रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ५१ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ।

कम्पनीले खुद बीमा शुल्क आम्दानी सामान्य मात्रै बृद्धि हुँदा पनि जीवन बीमा कोष ३७.९० प्रतिशतको बृद्धि भई ३० प्रतिशत भन्दा बढी नाफा कमाउन सफल भएको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषको रकम ३ अर्ब ७४ करोड ४० लाख नाघेको छ। गत आवको यसै अवधीमा कम्पनीमा २ अर्ब ७१ करोड रुपैयाँको जीवन बीमा कोष रहेको थियो । जगेडा कोष र महाविपत्ति कोष सहित समग्र कोषको आकार ४ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

यस अवधीमा कम्पनीले १ अर्ब ४६ करोड खुद बीमा शुल्क आम्दानी गरेको छ । गत आवको यसै अवधीमा एक अर्ब ४५ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीले, लगानी, कर्जा लगानी तथा बीमालेख धितोमा प्राप्त आम्दानी ५० प्रतिशतले बृद्धि भएको छ । गत आवमा २६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आवको ९ महिने अवधीमा ३९ करोड ५० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।

प्रभु लाइफमा बीमा पोलिसीको संख्या २३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.१७ रुपैयाँ र प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३१९.३३ रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको व्यवस्थापन खर्च सामान्य बृद्धि भई २५ करोडबाट बढेर २६ करोड रुपैयाँ पुगेको छ । प्रभु लाइफको अभिकर्तालाई दिने कमिशन रकम ११ प्रतिशतले घटेर २३ करोड ८० लाख रुपैयाँबाट घटेर २१ करोड नौ लाख रुपैयाँ पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्