Shikhar Insurance

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क आम्दानी ५% ले वृद्धि, प्रतिसेयर आम्दानी कति?

सिंहदरबार संवाददाता
२०८० बैशाख ३१, आईतवार १४:३९
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा सामान्य अंकले मात्रै बढेको छ भने, खुद बीमाशुल्क आम्दानी पनि सन्तोषजनक गर्न सकेको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिकमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५ प्रतिशतले बढेको छ भने, खुद मुनाफा ३ प्रतिशतले बढेको छ।

कम्पनीले यस त्रैमासको अवधिमा आफ्नो खुद बीमाशूल्क आर्जन ५ प्रतिशतले बढाएर १ अर्ब ३ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको नाफा ३ प्रतिशतले वृद्धि भएर २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २८ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ५६ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ जगेडा कोषमा ८३ करोड ७९ लाख रुपैयाँ रकम संचिती रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्