Shikhar Insurance

प्रधानमन्त्रीको प्रश्नः इनर्जी ड्रिङ्कस्, चुइङ्गम र कोक-फ्यान्टा किन खानु ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २४, सोमबार १७:५३
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले इनर्जी ड्रिङ्कस् र चुइङगम र कोक फ्याण्टा नखाए नि हुने बताएका छन् । नेपाल उद्योग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोक, फ्याण्टा र चुइङगम नखाए पनि हुने धारणा पनि राखेका हुन । “इनर्जी ड्रिङक र चुइङगम नखाए हुने हो । रामेव जीले जस्तो ट्वाइलेट पेपर त भन्दिनँ, तर कतिपय चिज(कोक फ्याण्टा) नपिए हुने हो । कतिपय विदेशी समान नलगाए पनि हुने हो,” ओलीले भने ।

उनले अत्यावश्यक वस्तुहरु आफैंले उत्पादन गर्न सक्ने अवस्थामा अर्थतन्त्रलाई विकास गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले हाम्रो देशभक्तिले आफ्नै उत्पादन उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिए । उनले देश भर औद्योगीक क्षेत्रहरु निर्माणले गति लिएकाले अब उद्योग कहाँ खोल्ने भन्ने चिन्ता पनि नरहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

ओलीले व्यक्त गरेको धारणा

हामी आयातलाई प्रोत्साहन गर्दैनौं । उत्पादन गर्ने, उपभोग गर्ने र बेच्ने काम गर्नुपर्छ । अहिलेको व्यापार घाटा भनेको बेसाहा हो । अब उत्पादनमा जोड दिनुपर्छ । हामी ३८।४० अर्बको चामल आयात गरेर खान उद्यत छौं । लामो सिता भएको चामल खान पल्केका छौं । हाम्रो उत्पादनले खानै नपुग्ने भन्ने होइन् । तर लामो सितावाला चामलले बानी बिगारेको छ ।

परिसंघले सुरु गरेको मेक इन नेपाल–स्वदेशी अभियान अघि बढाउनुस् । सरकारले के के गर्नुपर्छ गरौंला । कञ्चनपुरको दैजीदेखि झापाको दमकसम्म ८ वटा ठूला औद्योगीक क्षेत्र निर्माण अघि बढेको छ । अब उद्योग कहाँ खोल्ने भन्ने चिन्ता छैन् । बाटो, बत्तिसहितको आवश्यक पूर्वाधारसहितका अत्याधुनिक औद्योगीक क्षेत्र बनिरहेका छन् ।

तपाईंहरु लगानी गर्नुस । आफ्नो क्षमता अनुसार लगानी गर्नुस, विदेशी लगानी ल्याउन सहजीकरण गर्नुस् । अब उत्पादन र रोजगारी दुबै बढाउनुपर्नेछ । हामी विज्ञापनका भरमा विदेशी समान प्रति आकर्षित भैरहेका छन् । इनर्जी ड्रिङक र चुइङगम नखाए हुने हो । कोक फ्याण्टा नपिए हुने हो । कतिपय विदेशी समान नलगाए पनि हुने हो ।

हाम्रो देशभक्तिले जुत्ता उत्पादन गर्नु परो । अत्यावश्यक वस्तुहरु आफैं उत्पादन गरेर उपभोग गर्ने अवस्थामा पुग्नु पर्यो । मेक इन नेपाल अभियान सरकारको अभियान हो, तपाईहरुको साथमा हामी छौं । हाम्रो उदेश्य मिलेको छ । यो अभियानलाई उत्पादन बिक्रि गर्ने विज्ञापन गर्ने रुपमा होइन । राष्ट्रिय अर्थतन्त्रलाई आयातक र उपभोग गर्ने मुलुकबाट उत्पादक र निर्यातक देश बनाउन सार्थक बनोस् ।

GBIME

प्रतिक्रिया दिनुहोस्