Shikhar Insurance

डेपुटी दौडः शिलबन्दी नामावली अर्थ मन्त्रालय पुग्यो ? को-को छन् ? को-को बन्लान् ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २४, सोमबार १८:५७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रिक्त रहेको दुई डेपुटी गभर्नर पदका लागि चार जना कार्यकारी निर्देशकहरुको नाम सिफारिस गरेका छन् । राष्ट्र बैंक ऐन अनुसार गभर्नरले दुई जना डेपुटी गभर्नरका लागि चार जना कार्यकारी निर्देशकहरुको नाम सिफारिस गरेर अर्थमन्त्रालयमा बुझउनुपर्छ । सोही प्रस्तावलाई अर्थमन्त्रीले मन्त्रिपरिषद बैठकमा लैजाने व्यवस्था छ । मन्त्रिपरिषद बैठकले तिनै चार जना कार्यकारी निर्देशकमध्येबाट दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्न सक्छ ।

‘डेपुटी गभर्नर सिफारिस सम्बन्धी पत्र तीन दिन अघि अर्थमन्त्रालयमा आईपुगेको जानकारी पाएको छु, अब बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना छ’, अर्थमन्त्रालय श्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

को को परे सिफारिस ?
राष्ट्र बैंक श्रोतका अनुसार डेपुटी गभर्नरका लागि कार्यकारी निर्देशकहरु डा. प्रकाश श्रेष्ठ, देव कुमार ढकाल, डा. गुणाकर भट्ट, निलम ढुङगानाको नाम सिफारिस भएको बतायो । अर्काे श्रोतले भने कार्यकारी निर्देशकद्धय भुवन कँडेल र नेफिल मटाङगी मास्के र श्रेष्ठ तथा ढकालको नाम सिफारिस भएको पनि बताए । उता, बम बहादुर मिश्रको नाम पनि सिफारिस भएको दावी गरेको छ ।

डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गते सकिएको थियो । राष्ट्र बैंकका १७ जना कार्यकारीहरु नै डेपुटी बन्न योग्य छ । हाल १२ नम्बरमा रहेका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठलाई पक्का डेपुटी गभर्नरका रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीका विश्वास पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अर्थमन्त्री बिष्णु पौडेल नै श्रेष्ठका पक्षमा छन् । पोखरेलले श्रेष्ठलाई प्रदेश योजना आयोगको उपाध्यक्ष बनाएका थिए भने अर्थमन्त्री पौडेलले आफ्नो आर्थिक सल्लाहकार बनाएर काम लगाईरहेका छन् ।

बाँकी रहेको एउटा डेपुटी गभर्नर पदका लागि भने कडा प्रतिष्पर्धा छ । ओली सरकारले निरन्तरता पाएमा डेपुटी बन्ने प्रतिष्पर्धाको अग्रपंक्तिमा कार्यकारी निर्देशक देव कुमार ढकाल छन् । मोरङका उनी नाताले पर्यटन मन्त्री भानुभक्त ढकालका आफन्त हुन् । उनी तत्कालिन नेकपा एमाले र अहिलेको ओली नेकपा निकट भएर विद्यार्थी राजनीति गरेका व्यक्ति पनि हुन् ।

केपी ओली र शेर बहादुर देउवाको भित्रि सम्बन्धलाई उपयोग गर्दै एक नम्बरका कार्यकारी निर्देशक भुवन कँडेल पनि डेपुटीका अर्का शसक्त दावेदार हुन् । झापाकी निलम ढुंगाना तिम्सिना पनि पहिलो महिला डेपुटी गभर्नर बन्ने भन्दै लाइन मिलाईरहेकी छिन् । उनी राष्ट्रपति विद्या भण्डारीदेखि प्रधानमन्त्री ओलीलाई कन्भिन्स गराउने अभियानमा छिन् ।

झापाकै बम बहादुर मिश्र पनि कडा लबिङमा छन् । ११ नम्बरका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी पनि अर्का प्रबल दावेदार हुन् । उनले तत्कालिन एमालेसँगको पुरानो सम्बन्धलाई समाउँदै डेपुटीको लाइन मिलाईरहेका छन् । प्रवक्ताको जिम्मेवारीमा रहेका सुदुरपश्चिमका डा. गुणाकर भट्ट पनि प्रबल दावेदार मानिन्छन् ।

त्यस बाहेक मुकुन्द कुमार क्षेत्री, पिताम्बर भण्डारी, ऋषिकेश भट्ट, प्रदिपराज पौड्याल, नरेश शाक्य, रेवति प्रसाद नेपाल, रामु पौडेल, बिश्रुत थापा र राम बहादुर मानन्धर नै आ आफ्नो लाइन मिलाउन व्यस्त थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्