Shikhar Insurance

‘लोग्ने–स्वास्नीको झगडाले आत्महत्या निम्त्यायो भने पनि बैंकलाई गाली गर्छन्’

चन्द्र ढकाल
२०८० बैशाख ३१, आईतवार २१:५३
NIMB
Nabil Bank

अहिलेको संकटबाट बाहिर जानका लागि निजी क्षेत्र, राष्ट्र बैंक र सरकारले मिलेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । दोस्रो काम भनेको लगानी प्रवर्द्धन हाम्रो अर्काे प्राथमिकता हो । स्वदेशी र विदेशी लगानी जति धेरै भित्र्याउन सकियो, त्यति नै देश समृद्धिको बाटोमा अघि बढ्छ । अर्काे कुरा भनेको सरकार र निजी क्षेत्रले एक अर्कालाई दोषारोपण मात्रै गरिरहेका थिए । अब भने सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ । सरकार निजी क्षेत्र मिलेर, सहकार्य गरेर अघि बढ्नुपर्छ ।

प्रत्येक वर्ष ५ लाख नेपाली युवाहरु श्रम बजारमा आउँछन् । तर ति सबै अदक्ष जनशक्ति छन् । तिनलाई नेपालकै उद्योग व्यवसायका लागि दक्ष बनाएर खटाउने तर्फ लाग्नुपर्छ । अदक्ष युवाहरु बिदेसिँदा रेमिटेन्स कम मात्रै आउँछ । अब युवाहरुलाई कम्तिमा पनि अर्ध दक्ष बनाउनुपर्छ । त्यसो भयो भने स्वदेशमै पनि रोजगारीका अवसरहरु प्राप्त हुन्छन् । विदेश जाँदा पनि कमाई राम्रो हुन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८० प्रतिशत छ । रोजगारी र राजश्व बुझाउने हामी नै हौं । तर अझै पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण खासै राम्रो छैन् । विदेशमा करदाताहरु प्रति उच्च सम्मान हुन्छ । नेपालमा त्यस्तो अवस्था अलि बनिसकेको छैन् । हामीले करदाताहरुको सम्मान हुने वातावरणा बनाउन पनि हामीले भूमिका खेल्नुपर्नेछ ।

मौद्रिक नीतिले हाम्रा केहि मागहरु पुरा गरेको छ । तर हामीले जसरी सहुलियतहरुको अपेक्षा गरेका थियौं, ति सबै पुरा भएनन् । हामी मौद्रिक नीतिको समिक्षाबाट सन्तुष्ठ हुने अवस्थामा छैनौं । मौद्रिक नीतिका सहुलियतहरु पर्याप्त छैनन् । हाम्रा अपेक्षाहरु पुरा भएनन् । हाम्रा थप मागहरु आगामी आर्थिक वर्षको बजेटबाट पुरा हुनुपर्छ भन्ने हाम्रो माग हो ।

अहिले लोग्ने–स्वास्नीको झगडा भएर कसैले आत्महत्या गर्यो भने पनि बैंकको ब्याजदरसँग जोडेर गााली गरिन्छ । कुनै लेनदेनको कुरा नमिलेर कसैले आत्महत्या गर्यो भने पनि बैंककै ब्याजदरलाई गाली गर्न थालिएको छ । चितवनका एकजना राम्रा व्यवसायी जसलाई म पनि चिन्दछु, उहाँले लेनदेनका कारण आत्महत्या गर्नु भएको भनिएको छ । तर फेरि पनि बैंककै ब्याजदरलाई दोष दिईएको छ ।

(इकोनोमिक मिडिया सोसाइटी नेपाल(इम्शन)ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा महासंघ अध्यक्ष ढकालले व्यक्त गरेको विचारको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्