Shikhar Insurance

सबै जनताको छोराछोरीले सरकारी स्कुलमा पढ्ने वातावरण बनाउनुपर्छः मन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २४, सोमबार १९:२७
NIMB
Nabil Bank

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् । बिसं २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताए ।
उनले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताए । चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको मन्त्री श्रेष्ठ र भारतीय दुतावासका काउन्सीलर प्रफुल्लचन्द्र शर्माले संयुक्त रुपमा उद्घाटन गरे । सो क्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे ।

२०७२ सालको भुकम्बाट ध्वस्त र क्षतिग्रस्त विद्यालय पुन निर्माणमा भारत सरकारको सहयोग महत्वपुर्ण रहेको चर्चा गर्दै भने–यसले गर्दा दुई देशबीचको सम्बन्ध मजबुत भएको छ । उनले अघि थपे–भारताले करिब ७० विद्यालय पुननिर्माण गरीरहेका छन्, २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ, यस्को लागि नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्दछु ।

Citizen Life
Kumar Bank
Nepal Life

भारत सरकारको करिब साढे ६ करोड ४८ लाख रुपिया लागतमा निर्माण शुरु हुने सो विद्यालय भवन ३२ कोठे हुनेछ । ठेकेदार कम्पनीले १५ महिनामा सम्पन्न गर्नुपर्नेछ । मन्त्री श्रेष्ठले १५ नभै १३ महिनामा सम्पन्न गरी हस्तान्तरण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्