Shikhar Insurance

माई खोला हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १२:५४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माई खोला हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ । कम्पनीको ३९ लाख २१ हजार ५६८ कित्ता सेयर आज (सोमबार) नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई वितरण गरेको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) लाई निष्काशन गरिएको १५ लाख २९ हजार ४११ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको उक्त सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १११ रुपैयाँ ६७ पैसा देखि ३३५ रुपैयाँ १ पैसासम्मको लागि ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा मंगलबारदेखि कम्पनीको सेयर कारोबारमा आउँछन् ।

कम्पनीको सेयरलाई नेप्सेले एमकेएचएल कारोबार संकेत प्रदान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्