Shikhar Insurance

एमालेको माया ओलीलाई भन्दा बढी मलाई नै छः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २४, सोमबार २०:०४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा(एमाले) आफुले बनाएको पार्टी भएकाले त्यसको माया ओलीलाई भन्दा बढी आफुलाई भएको बताएका छन् । नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकता जोगाउने आफ्नो प्रयास सम्भव नभएको र अब आफैंले निर्माण गरेको एमालेलाई थप शसक्त बनाउने बताए ।

उनले आफु कहिल्यै फुटको पक्षधर नभएको र अन्तिमसम्म नेकपा एकताका लागि प्रयास गरेको धारणा पनि राखेका थिए । एमालेको संगठन तथा जन आधारसँग आफ्नो नङ र मासु जस्तै सम्बन्ध रहेको बताउँदै नेपालले अब केपी ओलीका विरुद्ध नयाँ सिराबाट संघर्ष गर्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सो बैठकले माधव नेपाल र झलनाथ खनाल लगायत एमालेमै रहने र प्रचण्डसहितका नेताले माओवादी केन्द्र ब्युताँउने निर्णय गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्