Shikhar Insurance

सहकारीबाट ३३ लाख चोरी गरी फरार भएका दुई पक्राउ

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १५:०६
NIMB
Nabil Bank

मनहरी । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख रुपैयाँ लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गएको वैशाख १७ गते सहकारीबाट ३३ लाख रुपैयाँ चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए।

उनीहरुको साथबाट नगद ५ लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरुलाई जिल्ल प्रहरी कार्यालय काभ्रेमा पठाइएको प्रवक्ता कार्कीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्