Shikhar Insurance

ट्रेड युनियन खारेज गर्न राजनैतिक नेतृत्व गम्भीर छलफलमा छ : प्रधानमन्त्री प्रचण्ड

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १६:३०
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरुमा रहेको ट्रेडयुनियन खारेज गर्ने विषय उच्च राजनैतिक नेतृत्वमा छलफल भैरहेका बताएका छन् ।

नेकपा माओवादी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आज आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले  बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पार्टीपिच्छेका युनियनहरु हुँदा सुशासन प्रवर्धनमा के योगदान पुग्यो ? भन्ने प्रश्न गर्दै प्रचण्डले भने, ‘कर्मचारीमा ट्रेडयुनियन बन्दै गर्दा के–होला ? भन्ने बारेमा राजनैतिक नेतृत्व तहमा पनि यो विषय बडो गम्भीर ढङ्गले छलफल भैराखेको छ ।  हामीले सुशासन प्रवर्दनमा कति योगदान गर्यौ हरेक पार्टीपिच्छेका युनियनहरुले बिचार गर्नुस त ।’

सोही क्रममा प्रचण्डले नेपालको राजनैतिक परिवर्तनमा कर्मचारी युनियनले खेलेको भुमिकाको भने प्रसंसा गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्