Shikhar Insurance

आरजु राणाले भनिन्ः भुटानी शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १६:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभामा विशेषमा बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी हुन् ।

उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको राणाले बताइन् ।

Citizen Life
Kumar Bank

उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरु अरुको पनि बनेको छ तर, नाम मेरो मात्र उच्चारण किन हुन्छ ? साँच्चै भन्ने हो भने यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो ।’

महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले त्यो व्यहोरिरहेको बताइन् । ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा व्यहोर्न सक्नुपर्छ, म व्यहोरिरहेकी छु । यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस्’ उनले भनिन्।

यो भन्दा अगाडी पनि धेरै महिलाहरुलाई मिडीयहरुले सुसाइट गर्न बाध्य बनाएकाे भन्दै आफु  त्यस्तो भिक्टेम हुने महिला नभएकाे बताइन् । ‘यो मेरो चरित्रको बलात्कार  (दिस इज रेप अफ माइ क्यारेक्टर) भएकाे छ ।’ उनले भनिन्  सरकारले यो सत्य तथ्यलाई चाँडै उजागर गराेस् र अरु जति जनाको नाम आएको छ को दोषी हो ? को चाँइ होइन प्रष्ट पारियाेस्।’

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्