Shikhar Insurance

४ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १६:५१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, स्वाभिमान लघुवित्त र मिर्मिरे माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा कृषि विकास बैंकको २ प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत, स्वाभिमान लघुवित्तको २० प्रतिशत र मिर्मिरे माइक्रोफाइनान्सको २३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई सो दरमा बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३.१५ कित्ता, साल्ट ट्रेडिङ कर्पोरेसनको २ लाख ५३ हजार ५१३.१९ कित्ता, स्वाभिमान लघुवित्तको २ लाख ४३ हजार ५६४.३० कित्ता र मिर्मिरे माइक्रोफाइनान्सको १२ लाख २१ हजार ७७२.३९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्