Shikhar Insurance

‘नमस्ते पे’ को क्युआर कोडमार्फत बिल भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १७:०८
NIMB
Nabil Bank

काठमाडौं। नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको सुरू गरेको छ । कम्पनीले हाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआरमार्फत भुक्तानीको सुबिधा सञ्चालनमा ल्याएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सोमबार आयोजित कार्यक्रममा नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यससम्बन्धी सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरिन् । उनले भनिन्, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाइ प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ । प्रयोगकर्ताहरूले अब नमस्ते पे को क्युआर प्रयोग गरेर बिल तिर्न सक्नु हुनेछ । अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानुपर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।’

नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौं । यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने छ । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।’

सो अवसरमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका निवर्तमान सीईओ कृष्ण प्रसाद भण्डारी, सूचना प्रणाली सहयोगी निर्देशनालयका प्रबन्धक शालिकराम सुवेदी र दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख दिनेश चन्द्र पन्थीले सेवा शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै सेवाका बारेमा आवश्यक जानकारी प्रदान गरेका थिए ।

हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ । यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरुमा समेत विस्तार गरिने जनाइएको छ। कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताहरूले क्युआरमार्फत भुक्तानी गरेबापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्थासमेत गरिएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्