Shikhar Insurance

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २, मंगलवार १५:४०
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६२ मा पुगेको हो ।

यस्तै ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ प्रतिशतले ओरालो लागेर तीन सय ४८ दशमलव ९३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको सेयर मूल्य उकालो लाग्दा दुई उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कूल २० लाख ६३ हजार सात सय ३७ कित्ता सेयर ६४ करोड एक लाख १७ हजार दुई सय ६० मा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । उक्त बैंकको ५ करोड एक लाख ४६ हजार तीन सय ६१ बराबरको सेयर कारोबार भयो ।

शिवम् सिमेन्टको २ करोड ८८ लाख ९२ हजार सात सय ९०, नबिल बैंकको २ करोड १६ लाख ८५ हजार दुई सय ७७, नेपाल इन्स्योरेन्स कम्पनीको १ करोड ६७ लाख एक हजार दुई सय ९६ र हिमालयन बैंकको १ करोड ६४ लाख ३४ हजार तीन सय ४८ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा नौ दशमलब ९९ प्रतिशतले बृद्धि भएको छ ।

यस्तै माया खोला हाइड्रोपावर पाँच दशमलब ७०, हिमालयन ऊर्जा विकास कम्पनी पाँच दशमलब ३५, सनराइज फोकस इक्विटी फण्ड चार दशमलब ५८ र राप्ती हाइड्रोका लगानीकर्ताले चार दशमलब ५३ प्रतिशतले कमाएका छन् ।

यस्तै माया खोला हाइड्रोपावर १०, एनआइबिएल ग्रोथ फण्ड पाँच दशमलब ६४, इस्टर्न हाइड्रोपावर चार दशमलब ५९, मानुषी लघुवित्त चार दशमलब ३३ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले तीन दशमलब शून्य आठ प्रतिशतले गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्