Shikhar Insurance

सीजीको नमुना कलाग्राम ‘उन्नति कल्चरल भिलेज’ तयार, कला–कृति सिर्जना र प्रवर्द्धनको अवसर

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २५, मंगलवार १३:४९
NIMB
Nabil Bank

नवलपुर । प्रतिष्ठीत औद्योगीक तथा व्यवसायिक समूह चौधरी ग्रुप (सीजी)ले नवलपुरमा नमुना कलाग्रामको अवधारणा कार्यान्वयनमा ल्याएको छ । जिल्लाको देवचुली र बारचुली पहाडको मनोरम वातावरमा अवस्थित ‘उन्नति कल्चरल भिलेज’ नेपाली कला, शील्प तथा संस्कृतिको जगेर्ना गर्दै नेपाली सम्पदालाई विश्व बजारसम्म पुर्याउने अवधारणासहित निर्माण भएको हो ।

स्वदेशी तथा विदेशी कलाकारले आफ्नो कलाकृतिमा सिर्जना भर्न सक्ने वातावरणसहित कलाग्रामको संरचना निर्माण गरिएको छ ।

Citizen Life
Kumar Bank

स–सानो तथा सुक्ष्म रूपमा रहेका कलाको प्रस्फुटन गराइ बजारीकरण गर्दै त्यस्ता रूपमा रहेका कलाकारिताका माध्यमबाट पनि जीवनयापन गर्न सक्ने पथ प्रदर्शन गर्न यो अभियान केन्द्रित छ । तत्कालका लागि थारू संस्कृतिको अवधारणामा निर्माण गरेको जस्तो देखिएपनि सबै संस्कृतिका कलाकारिता यसले प्रबर्धन गर्ने छ । कला, शीप, साहित्य तथा संस्कृतिको संगमथलो उन्नति बन्नेछ । कलाकारितामा रूची भएकालाई विश्वस्तरीय उत्पादन निर्माण गर्न यहाँ सिकाइन्छ ।

यहाँ स्थानीय हस्तकलाका विभिन्न साधन उचित मूल्यमा बजारमा पठाउने गरी निर्माण हुनेछ । त्यसका लागि दक्ष जनशक्ति उत्पादन गर्ने, तालिम दिने र बजारले खोजेका हस्तकलाका विभिन्न सामग्री उत्पादन गरिनेछ ।

मार्च ११ तारिख अर्थात् बिहीबार कलाग्राम उद्घाटन हुने छ ।

६ बिघा (५४ हजार वर्गमिटर) भुभागमा अवस्थित यो कलाग्रामले आँप र लिचि बगान तथा कमल पोखरीको सुन्दरता रसपान गर्ने अवसर दिन्छ ।

उन्नतिले यहाँ उपलब्ध कला, शील्प, संस्कृति र भान्साका अवयवले नेपालको साँस्कृतिक विविधता अनुभुत गराउँछ । उन्नति कल्चरल भिलेजको अवधारणा पनि सिर्जनाको तालमेल मिलाउनु हो, जहाँ ग्रामिण र सहरी, स्वदेशी र विदेशी कलाकार शील्पकार सहकार्य गर्न सकुन्, सहसिर्जना गर्न सकुन् । आफ्नो कलाकृतिमा सिर्जना भर्न सकुन् ।

उन्नति कल्चरल भिलेजको मुख्य अवधारणा कला, शील्प, संस्कृति र आतिथ्यताको समिश्रण गराउनु हो । नेपालका यी सम्पदाको संरक्षण तथा प्रबर्धन गर्न नमुना कलागाउँ बनाइएको हो । यी सम्पदाको उत्पादन तथा विकास संरक्षण गर्ने घरेलु उद्योग संरक्षण गर्न उन्नति निर्माण गरिएको हो ।

उन्नति कल्चरल भिलेज चौधरी ग्रुप (सीजी)को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको परियोजना हो । यो गुरूयोजना हो, जुन अभियानको मुख्य उद्देश्य नेपालभर विस्तार गर्दै स्वदेशी कलाको पुनर्जागरण गर्नु हो ।

उन्नतिमा कला, शील्प, शीप तथा संस्कृति प्रबर्धनमा दीगोपन सुनिश्चित गर्ने माध्यम आतिथ्यलाई बनाइएको छ । आतिथ्यताबाट हुने कमाइ कला, संस्कृति, शील्प विकासमा नै खर्च गरिनेछ । यसको नाफा यहीँभित्र खर्च हुनेछ ।

आतिथ्य सेवाका लागि उन्नति कल्चरल भिलेजमा रेस्टुरेन्ट (१), ब्यान्क्वेट (४ सय व्यक्ति क्षमताको), बसोबासको व्यवस्था (१० वटा कोठा) छ । यसबाट हुने कमाइ कला, शील्प र संस्कृतीमै लगानी हुनेछ ।

कला, शील्प र संस्कृतिलाई विश्वस्तरीय बनाउने र प्रबर्धन गर्ने अवधारणा नेपालका एक्ला अर्बपति विनोद चौधरीको अवधारणा हो । उहाँकै चौधरी ग्रुपले लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक र जातीय सम्पदा प्रबर्धनका लागि नवलपुर जिल्लाको हर्कपुरमा उन्नति कल्चरल भिलेज निर्माण गरेको हो । यो दीर्घकालीन योजनाले कलासंस्कृतिमा समृद्ध मुलुकको सम्पदा संरक्षण गरी मौलिकता गुम्नबाट जोगाउने प्रयत्न गरेको छ ।

उन्नति कल्चरल भिलेज साधकका निम्ति समर्पण गरिएको हो । यहाँ बसेर साधकहरूले आफ्ना सिर्जनासँग रङ्ग भर्न सक्नुहुन्छ ।


यो कल्चरल भिलेज देशकै नमुना कलाग्राम हो । सीजीले सातै प्रदेशमा यस्ता कल्चरल भिलेज निर्माणको योजना बनाएको छ । हवाइ वा सडक मार्गबाट हर्कपुरस्थित उन्नति कलाग्राम पुग्न सकिन्छ । राजधानीबाट हर्कपुर १ सय ६५ किमि टाढा छ । त्यहाँ ४ घन्टामै पुग्न सकिन्छ । वा, राजधानीबाट भैरहवासम्मको हवाइ यात्रा र ४० मिनेट सडक यात्रा गरेर उन्नति कल्चरल भिलेज पुग्न सकिन्छ ।

 

 

विशेषताहरूः

१) कला र शील्प
पारम्परिक कला तथा शील्प अभ्यासको समर्थन गर्नु तथा अखण्डता जोगाइराख्नु दायित्व उन्नतिले मानेको छ । यसअर्थमा कला सिर्जनाको अवसर, प्रदर्शन तथा प्रवर्धन उन्नतिले गर्ने छ ।

उन्नतिको पौवा नामक कला ग्यालरीमा कला तथा शील्प उत्सुकलाई सिर्जना प्रदर्शनीको अवसर दिइन्छ । लीला नामक एम्पिथियटर (खुला आकास भएको स्थल)मा विविध साँस्कृतिक गतिविधि सञ्चालन गर्न सकिन्छ । बाटिका नामक कला बगैंचामा कलाकारले कलाकृति सिर्जना गर्न सक्नुहुन्छ । ती सिर्जनालाई यहीँ प्रदर्शनीमा राखिन्छ । कसैले सेरामिकमा आफ्ना रचना सिर्जना गर्न सक्नुहुन्छ त कसैले काठ र कसैले माटोमा ।

कलाग्रामको निसर्ग सयरमा कलाकृतिले भरिएको ओपन एलर ग्यालरी हेर्न पाइन्छ । शील्प संग्रहालयमा नेपाली शील्पको कथा अवलोकन तथा महसुस गर्न पाइन्छ ।

नेपाली इतिहास, पुरातत्व तथा कला र शील्पमा आएका परिष्कृत रूपका कारक पहिल्याउने माध्यम उन्नति हो । यो डिजाइन तथा इन्नोभेसको तालीम दिने गन्तव्य पनि हो ।

२) अनुभव
तत्कालका लागि उन्नतिमा प्राकृतिक तथा परम्परागत थारू वासस्थान अनुभत गर्न पाइन्छ । यहाँको थारू रेस्टुरेन्टले थारूका परिकार (अनादी चामलको खाना, माछा, घुँगी आदि) त पस्किन्छ नै, सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि अतिथिहरूलाई चखाउँछ ।

यहाँका कलाहोटल, बडाघर रेस्टुरेन्ट र आतिथ्य हलले पृथक आतिथ्य अनुभव दिन्छन् । आथित्य कार्य यहाँको आर्थिक मेरूदण्ड पनि हो । आगन्तुकबाट शूल्कका रूपमा उठेको संकलित रकम कला र शील्पको दीगो विकासमा खर्च हुनेछन् ।

अर्गानिक खेतीपाती यहाँको अर्को अनुभव हुनेछ । विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ ।

३) अतिथि क्षेत्र
उन्नतिले लोप हुन लागेका मौलिक तथा पृथक विविधता सुनिश्चत गरेको छ । यहाँ रहने कलाकारलाई स्वतन्त्रता र सिर्जनाबाट प्रेरित हुने अवसर उन्नतिले दिन्छ ।

क) कलाघरः सुक्ष्मकलाको विषेश सजावटले यहाँको कलाघरलाई आफैंमा मास्टरपिस बनाएको छ । आँपघारीभित्र रहेको नेपाली कलाले निर्मित यो घरमा एउटा मास्टर बेडरूम र २ वटा डिलक्स कोठा छन् । यहाँको खुला स्थान कलाको प्रयोगशाला हो ।

ख) बोधिकुञ्जः बोधिकुञ्ज कलाकारलाई शान्ति तथा सिर्जनाका लागि प्रेरित गर्ने कलाको नमुना हो । संस्कृति, प्रकृति, योग तथा ध्यानका माध्यमबाट सिर्जनाको रसपान यहाँ गर्न सकिन्छ । यहाँ २ वटा कोठा, खुला स्नानगृह, ढुंगेधारा र निजी स्थानको व्यवस्था छ ।

ग) देहरी थारूघरः यो घरमा थारूको पर्वको नाम दिइएको ५ सुन्दर कोठाहरू छन । ती कोठाहरूको नाम होः जितिया, फगुवा, माघी, अनत र अमोसा । यी कोठामा थारू समुदायको पारम्पारिक जीवनशैली झल्काउने भित्ता छन् ।

४) थारू गाम
थारू गामको कला, परम्परा र भान्साले आगन्तुकलाई थारु समुदायको जिवन्तता महसुस गराउँछ । थारू गाममा देहरी नामको अतिथि कक्ष, बहरी नामको पारम्पारिक लाइभ भान्साघर, बडाघर नामको डाइनिङ, गडला मोड नामको बार र डबली नामको सांस्कृतिक प्रस्तुती दिने क्षेत्र छ ।

थारू गाम आफैंमा खुला थारू संग्रहालय हो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्