Shikhar Insurance

आगलागीबाट करोड बढीको क्षति

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २५, मंगलवार १३:४८
NIMB
Nabil Bank

कैलाली । गोदावरी नगरपालिका-५ गेटा गाउँमा सञ्चालित केएस कन्सट्रक्शनमा भएको आगलागीबाट झण्डै रु एक करोड बराबरको मालसामान जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले उक्त कन्सट्रक्शनमा आज बिहान भएको आगलागीबाट टायर, ट्युब, मोबिल जस्ता यातायातका साधनमा प्रयोग गरिने मालसामान जलेर नष्ट भएको बताए । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

स्थानीयवासी खडकसिंह पालले सञ्चालन गर्दै आएको उक्त कन्सट्रक्शनमा विद्युत लाइन सर्ट (चुहावट) भई आगलागी भएको अनुमान गरिएको छ । यसअघि गत शनिबार धनगढीको चटकपुरमा रहेको एक फर्निचर उद्योगमा पनि आगलागी हुँदा करोडभन्दा बढीको क्षति पुगेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्